सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किसानले पाए १५ प्रतिशतमै ड्रम

भोजराज पन्त, कञ्चनपुर – कञ्चनपुरको सुन्दरपुरमा रहेको कृषि विकास फार्म, सुन्दरपुरले किसानहरुलाई ८५ प्रतिशत अनुदान सहयोगमा १ सय ३६ वटा विउ भण्डारण गर्ने १७० किलो क्षमताका टिनको ड्रम वितरण गरेका छन । लामो समय देखी सुन्दरपुरमा रहेका कृषि कार्यालयहरुले सुन्दरपुरका जनताहरुलाई केही सहयोग दिएको छैन ,कृषि कार्यक्रमहरु प्रदेशका अन्या ठाँउमा मात्र अनुदानका कार्यक्रम हुन्छन भन्ने गुनासो बडेका बेला फार्मले कृषि विकास फार्म वरपर रहेका किसानहरु लाई मात्त १५ प्रतिसतमा ड्रम वितरण गरेको कृषि बिकास फार्मका सुन्दरपुरका प्रमुख बासुदेव भटराईले वताउनु भयो ।

किसाहरुले हरेक मौसममा महङ्गो बिउ किन्नु पर्ने र विउमा एग्रोभेट वाट ठगीने भएकाले फार्मले आफै उत्तपादन गरेका धान र गहुका विउहरु किसाहरुलाई निशुल्क दिएको समेत प्रमुख भटराईले वताउनु भयो । अव किसानहरुले आफ्नै वारिमा उत्पादन भएको विउलाई भण्डारण गर्न सक्नेछन र राम्रो बिउ वाट उत्पादन समेत वड्ने छ । यो कार्यक्रमले किसान संग फार्म संगको सम्वन्ध वड्ने छ । किसानहरु बालीमा रोग लागेमा नजिको कृषि विकास फार्म आउने छन भन्ने आसालिएको प्रमुख भटराईले वताउनु भयो ।

World Link Ads

Sana Kishan

आर्थिक वर्ष ०७९÷०८० मा कृषि विकास फार्मले किसानहरुलाई वेदकोट नगरपालिका वडा नम्वर ९ सुन्दरपुरमा १३६ वटा विउ भण्डारण गर्ने ड्रम, १४ क्युन्टल धानको विउ र तरकारीको विउ समेत उपलब्ध गराको कृषि बिकास र्फामका प्रमुख बासुदेव भट्राईले वताउनु भयो । आगमी दिनहरुमा समेत किसान मैत्री कार्यक्रम आईरहने उनले वताए । विउ भण्डारण गर्ने ड्रम पाएपछि खुसिहुदै किसान रजनी बोहराले भने अव महङ्गोमा विउ नकिन्ने घरमै बिउ भण्डारण गरिन्छ यस्ता कार्यक्रमहरु हरेक वर्ष आउनु पर्द छ ।

अर्का किसान लक्षमण भट्टले भने गाँउ घरमै बिउ भण्डारण हुन्छ महङ्गोमा बिउ किनिदैन । किसानहरुलाई मात्र १५ प्रतिसतमा बिउ भण्डारण गर्ने ड्रम ६ वटा वडा दत्र्ता किसान कृषि समुहलाई वितरण गरेको कृषि बिकास फार्मलाई वेदकोट वडा नम्वर ९ का अध्यक्ष जनक सिह बिष्टले धन्यवाद दिनु भयो यस्ता किसान मैत्रीकार्यक्रमलाई निरन्तता दिन समेत फार्मका प्रमुखलाई अनुरोध गर्नु भयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close