भोजराज पन्त, कञ्चनपुर –वेदकोट नगरपालिकाको कार्यालयले हजार दिनका आमाहरूलाई सामुदायिक स्तरमा पोषिलो खानाको प्रवर्द्धन कार्यक्रम बुधवार देखी सञ्चालन गरेको छ ।

वेदकोट नगरपालिका वडा नम्बर १० मा रहेका गर्भवती महिला र २ वर्ष मुनिका बालबालिकाहरूलाई लक्षित गरी वेदकोट नगरपालिका अन्तरगत रहेको हरपाल आधारभुत स्वास्थ्य सेवा केन्द्रले हजार दिनका आमाहरूलाई सामुदायिक स्तरमा पोषिलो खानाको प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हरपाल आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख लोकराज बोहराले जानकारी दिनु भयो ।

गर्भवती आमा र २ वर्ष मुनिका बालबालिकाहरूको स्वास्थ्यमा सुधार र कुपोषण वाट जोगाउन यस कार्यक्रमको उद्देश्य रहेको सेवा केन्द्रका प्रमुख बोहराले जानकारी गराए । कार्यक्रममा हरियो साग, अण्डा, घ्यू, दाल र चामल को मिश्रण वाट गर्भवती आमाहरूलाई भेला गराई गर्भवती आमाहरूलाई २ वर्ष मुनीका बालबालिकाहरूको लागी पोषण युक्त खाद्य जाउलो बनाउने तरिका बताइएको थियो ।











Discussion about this post