सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वेदकोटमा योग शिविर आयोजना

प्रकाश भट्ट

कञ्चनपुर - वेदकोट नगरपालिकामा योग शिविर आयोजना भएको छ। नवौँ अन्तर्राष्ट्रिय योग दिवसको  अवसरमा वेदकोट नगरपालिका र पतञ्जलि योग समिति वेदकोटको  संयुक्त आयोजनामा  बुधबार योग शिविर आयोजना भएको हो।

Sana Kishan


उक्त योग शिविरमा पतञ्जलि योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टको सभापतित्व तथा वेदकोटका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो।


"योगा गरौँ रोग हटाउँ" भन्ने मूलनाराका साथ वेदकोट नगरपालिकाको सभाहलमा योग शिविर सम्पन्न भएको पतञ्जलि योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टले बताउनुभयो। उक्त  योग शिविरमा वेदकोट नगर कार्यसमितिका पदाधिकारी लगायत स्थानीयहरूको भव्य उपस्थिति रहेको थियो।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close