सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विचार गाेष्ठी तथा “हयाँक” विमर्श कार्यक्रम सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम प्रगतिशील साहित्य बिषयक विचार गाेष्ठी तथा “हयाँक” विमर्श कार्यक्रम सम्पन्न भएकाे छ।

मुगुकाे रारामा विमाेचन भएकाे “हयाँक” साहित्य पुस्तककाे बारेमा बुधबार महेन्द्रनगरमा एक कार्यक्रम बिच विमर्श गरेकाे थियाे । प्रगतिशील लेखक संङघ् नेपालले हयाँक पुस्तकलाइ आफ्नाे मुखपत्र बनाएर ल्याएको हाे ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

‘साहित्य भनेकाे समाजकाे ऐना हाे। यसले हाम्राे संस्कृति, रितिरिवाजकाे पनि जर्गेना गर्नुकाे साथै समाजमा भैरहेका विकृति, विसंगतिकाे बारेमा पनि बाेल्ने गरेकाे’ भाषा आयाेगका सदस्य डा.पुष्करराज भट्टले बताउनु भयाे ।

Sana Kishan

उक्त कार्यक्रममा भाषा,सहित्यकाे विकाशकाे लागि महत्वपुर्ण याेगदान गरेका तीन जना साहित्यकारलाई सम्मान गरेकाे छ ।सम्मान पाउने डा. पुस्कर राज भट्ट , चन्द्रकला पन्त, पञ्चमराज भट्ट रहेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील लेखक संघ नेपालका प्रदेश उपाध्यक्ष जगदीश ओझाले गर्नु भएको थियाे। “हयाँक” पुस्तककाे विचार मन्तव्य पञ्चमराज भट्ट, कबिराज भट्टले प्रस्तुत गर्नु भएको थियाे।

प्रगतिशील लेखक संघ नेपालका प्रदेश अध्यक्ष रमेश पन्त ‘मितबन्धु’काे सभापतित्वमा प्रमुख अतिथि भाषा आयाेगका सदस्य डा. पुष्कर राज भट्ट रहनु भएको थियाे । कार्यक्रम सञ्चालन प्रगतिशील लेखक संङघ् नेपालका सचिव सिर्जन श्रीले गर्नु भएको थियाे । कार्यक्रमकाे आयोजना प्रगतिशील लेखक सङघ् नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयाेजना गरेकाे थियाे ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.