Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली अस्पतालका चिकित्सकले अप्रेसन गर्न नमानेपछि निलम लाबडको ज्यान जोखिममा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरकी निलम लाबड उपचारका लागि मंलबार बिहान महाकाली अस्पताल आईन् । हालतमा मासु पलाएपछि उपचारका लागि अस्पताल पुगेकी निलमको उपचार अनिश्चित भएको छ । हातको सल्यकृया(अप्रेसन) गर्नुपर्ने अवस्थामा पुगेकी निलमका आफन्तले सरकारी अस्पताल भएकाले पैशा बोकेर आएका थिएनन् । अस्पतालका स्वास्थ्यकर्मीले अप्रेसन गर्नुपर्ने र त्यसका लागि ५ हजार रुपैया जोह गर्न भनेपछि बिरामीका आफन्त एकछिन झोक्किए । तर, पनि आफन्तसंग हार गुहार गरेर सोही दिन पैशाको जोहो पनि गरेर, अप्रेसनका लागि चाहिने आवश्यक औषधी एव समाग्री समेत खरिद गरे तर, अप्रेसन कक्षमा गाउन लगाएर उपचार गर्न छिरेपछि चिकित्सकले अप्रेसन गर्न मानेनन् । बिरामीसंगै आएका कुरुवा(आफन्त)ले सरकारी अस्पतालमा पनि पैशा लाग्ने भन्दै आक्र्रोसित शैलीमा जिज्ञासा राखेका थिए ।

बिरामीका आफन्तले जहाँ जिज्ञासा राख्नुपर्ने त्यहाँ नराखी अप्रेसन थ्रेटरका सर्जन डा.जनार्दश जोशीसंग ठोकिन पुगे । बिरामीका आफन्त र डा.जोशीविच शुल्कका विषयमा वाद विवाद भएपछि बिरामीको सोही दिन अप्रेसन गरिएन । अप्रेसन जस्तो अति सम्वेदनशिल काम भएको भन्दै सर्जन डा. जोशीले अप्रेसन गर्न नमानेपछि बिरामीका आफन्त थप अस्पतालप्रति रुष्ट भएका छन । १२ हजारको औषधी खरिद गरेरपनि चिकित्सकले निहुँ खोजेर अप्रेसन नगर्नु जिम्मेबारीबाट पन्छिन खोजिएको बताएका छन । बिरामीका आफन्त र चिकित्सकविचको विवादले रोगसंग लडिरहेकी निलम लाबड उपचारबाट बञ्चित भएकी छिन । दुई दिनदेखि अप्रेसनको पखाईमा रहेकी लाबडको चिकित्सकले उपचार गर्न नमानेपछि बिरामी मृत्युको मुखमा पुग्ने जोखिम बढिरहेको छ । बिरामीका आफन्त शुशिल ओखेडाले चिकित्सकसंग समान्य शुक्कको विषयमा जिज्ञासात्मक विवाद गर्दा उपचार गर्न नमानेको बताए । ‘बिरामीसंगै कुरुवा गर्न आएका घरमा आफन्त र चिकित्सक डा. जर्नादन जोशीसग अप्रेसन शुल्कको विषयमा विवाद भएको रहेछ, ‘उनले भने, ‘चिकित्सकले भने अनुरुप समयमै पैशा जोहो गर्न सकेनन, ढिलो गर्दा अप्रेसन गर्न मानेन, के चिकित्सकसंग बिरामीका आफन्तले विवाद गर्दैमा उपचारबाट बञ्चित गर्न मिल्छ ?’ बिरामीका आफन्तले आफुहरु गरिब भएकै कारण चिकित्सकले अनावश्यक रुपमा विभेद गरेको आरोप लगाएका छन ।

अनी सरकारी अस्पताल भएकाले कसैसंग शुल्कको विवादमा सोध्न नै नहुने कस्तो अचम्मको विषय भन्दै गुनासो पोखिरहेका छन । बिरामीमाथि उपचारमा खेलवाड भएकाले कुनै तलमाथि भए अस्पतालले जिम्मा लिनुपर्ने उनीहरुको भनाई छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारामा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ ।तर, महाकाली अस्पतालका चिकित्सकले बिरामीका आफन्तले विवाद गरेको भन्दै उपचारबाट जिम्मेबारीबाट पन्छिन खोजिएको भन्दै अधिकारकर्मीले भत्र्सना गरेका छन । सर्जन डा. जनार्दशन जोशीले अप्रेसन गर्नुपर्ने बिरामीका आफन्तले नै शुरुमै विवाद झिकेपछी अप्रेसन गर्न कठिन भएको बताए । ‘मलाई बिलिङ्गसंग खासै कन्र्सल हुँदैन, ‘उनले भने, ‘उहाँहरु भनेको समयमा आइनन, आएपछि पनि विवाद गरे, शुरुमै विवादले पछि थप समस्या ल्याउँछ ।’ महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले अप्रेसन कक्षबाट सल्यकृयाकै लागि अघि बढेको काममा बिरामीकै आफन्तबाट विवाद झिकिएपछी रोकिएको बताए । ‘अप्रेसन जस्तो विषय सम्बेदनशिल हुन्छ, ‘उनले भने, ‘अप्रेसनको शुरुमै विवाद गर्दा हामीलाई पनि चुनौती हुन्छ ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले चिकित्सक र बिरामीका आफन्तविच शुरुमै उत्पन्न विवादलाई दुवै पक्षबाट ठुलो रुपमा नलिई समस्याको समाधान खोजिनुपर्ने बताए । रिर्फर सेन्टरबाट सुधारोन्मुख भईरहेका अस्पतालमा चिकित्सक र बिरामीका आफन्तविचको विवादका कारण बिरामी मृत्युको मुखमा पुगेकी छिन । सरोकारवाला पक्षले बिरामीका आफन्तबाट गुनासो राख्दैनमा अनेकन निहुँ बनाएर बिरामीको उपचार गर्न पाउने अधिकार ह्नन गर्न नहुने सुझाव दिएका छन । – ईसुदूर दर्पण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व