Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मलाई हेप्ने तिमी काे ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८० जेष्ठ २८, आईतवार १९:५०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म लिम्पियाकाे चट्टान
एक उपेक्षित चट्टान
हजाराैं हजार तुफानसँग लडेकाे
लाखौंलाख हण्डर खाएकाे
हिउँसँग खेलेकाे
चिसाे सिरेटाे झेलेकाे
सूर्यकाे राफिलाे किरण
अग्निज्वालासँगै तातेकाे
र तातेर पनि तिमीलाई छायाँ दिएकाे
पीडा सहेर अथाह माया दिएको
खै कसरी चटक्क बिर्सियाै ?
जान्नेसुन्नेले भन्ने गरेकाे
म अजबकाे चट्टान
म गजबको चट्टान
मलाई फुटाउन खाेज्ने, तिमी काे ?
देख्ने र चिन्नेले भन्ने गरेकाे
लरतराे हाेइन म दह्रो चट्टान
हलुकाे हाेइन म वजनकाे चट्टान
म बेढङ्गकाे हाेइन अजङ्गको चट्टान
वीर पुर्खाकाे अविश्वसनीय
अद्भुत अनि वलशाली
अकल्पनीय विरासत बाेकेकाे चट्टान
अनि मेराे छाती टुटाउन खाेज्ने, तिमी काे ?
तिमीले सदियाैदिखि वेवारिसे छाड्याै
ठिङ्ग उभिएर उदास, निस्वासिरहे
र पनि निर्भीक सिमाना छुट्याई रहे
तिमीले युगाैदेखि उपेक्षा गरिरह्याै
दुश्मनहरु घन र हताैडी ठटाइरहे
र पनि अखण्डित रहिरहे
पुर्खाकाे वीरताकाे इतिहास बाेकी रहे
तिम्राे साख जाेगाइरहे नाक जाेगाइरहे
तर अाज मलाई महत्वहीन सम्झेर
मेराे छातीमा बल्झेकाे घाउमा मलम लाउन छाडी
काैडीकाे भाउमा बेच्न खाेज्ने, तिमी काे ?
तिम्राे यत्राे दुस्साहस !
तिमीलाई याे अधिकार कसले दियाे ?
तिमी फटाहा हाै र जाली कुरा बक्छाै
तिमी कायर हाै र झुठकाे खेती गर्छाै
तिमी दलाल हाै र लम्पसार छाै
तिमी स्वार्थी हाै र गैरजिम्मेवार छाै
त्यसैले तिमी मलाई गुमाएर साट्न खाेज्दैछाै
मलाई टुटाएर बाँड्न खाेज्दैछाै
अहँ त्याे हुँदैन हेर, विश्वास छ हुनेछैन्
याद गर मैले सदियाैदेखि
अाफुलाई खियाएर घिसाएर
लाखौंलाख बलिया बाङ्गा
बेजोडका गमलाेडा जन्माएकाे छु
त्याे कालीकाे बगर भरि हेरे पुग्छ
हाे तिनै मूर्ख भनिएका गमलाेडाहरुले
रक्षा गर्नेछन् मेराे अस्तित्वकाे
अनि पुर्खाकाे विरासतपूर्ण इतिहासकाे
पापी अाँखा तरेर मलाई हेप्ने तिमी काे ?

२०८०/०२/२८
मीतबन्धु, महेन्द्रनगर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०८० जेष्ठ २८, आईतवार १९:५०
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०८० जेष्ठ २८, आईतवार १९:५०
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०८० जेष्ठ २८, आईतवार १९:५०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८० जेष्ठ २८, आईतवार १९:५०
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०८० जेष्ठ २८, आईतवार १९:५०
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०८० जेष्ठ २८, आईतवार १९:५०
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८० जेष्ठ २८, आईतवार १९:५०
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८० जेष्ठ २८, आईतवार १९:५०
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८० जेष्ठ २८, आईतवार १९:५०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व