Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा सीमा सुरक्षाका सवालमा सरोकारवालासित छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका सीमा सुरक्षासंग सम्बन्धित सवालमा सरोकारवालासित छलफल गरिएको छ । जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय सहितको सहभागितामा कार्यक्रम गरिएको छ ।

बढीमालिका समाज विकास नेपालले गरेको कार्यक्रममा सहभागीले सीमा समस्याले बर्सेनी विवाद देखिएको सरकारले गम्भीर भएर समाधान खोज्नु पर्नेमा जोड दिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकारले पहल गर्दै आएको उल्लेख गर्दै संघ सरकारले गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए ।

‘यो विषय स्थानीय सरकारको क्षेत्रभित्र त पर्दैन, तर पनि समस्या समाधान गर्न हामी जनप्रतिनिधि सधै लागि रहेका छौ, संघ सरकारले सीमा समस्यालाई गम्भीर रुपमा लिएर हल गर्न आवश्यक छ’ उनले भने,‘स्थानीय सरकार यसका लागि सधैं साथ सहयोग गर्न तयार छ ।’

मेयर लिम्बुले अव्यस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउन स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाका लागि केही क्षेत्रमा दशगजा छुट्याउनु पर्ने अवस्था आएको बताए ।

‘स्थानीयले वर्षौदेखि जमिन खनजोत गर्दै आएका छन्, भोगचलन गर्दै आएका छन्, त्यसका लागि स्थानीय मसित आए, त्यसपछि दशगजा छुट्याउनु पर्ने भयो’ मेयर लिम्बुले भने ।

दोधारा चाँदनीको १८ नम्बर पिल्लर वस्ती, कुतियावकर, सुन्दरनगर र कञ्चनभोज लगायतका वस्तीका वासिन्दाले दशगजा छुटयाउनु माग गर्दै आएको उनले बताए ।

सीमा क्षेत्रमा आवतजावतलाई व्यवस्थित गर्न आफूले सुरक्षा निकायको बैठकमा भारतीय नागरिकको इन्ट्री गर्ने कार्यका लागि प्राथमिकताका साथ उठाएको बताए ।

 

‘भारतबाट दोधारा चाँदनी आउने सबैको इन्ट्री गर्नका लागि सुरक्षा निकायका बैठकमा कुरा गरेको छु, यसो गर्दा भारतबाट को आए, कस्ता सवारी साधन आए, भन्ने थाह हुन्छ’ उनले भने,‘लुटपाट, चोरी, कुटपिट लगायतका केही अपराधिक घट्ना भए पनि कारवाही गर्न पनि सजिलो हुन्छ ।’

दोधारा चाँदनी नगरपालिका ८ का अध्यक्ष ओमप्रकाश रोकायाले सशस्त्र प्रहरी र भारतीय एसएसबी दुबैले सुन्दरनगरमा डोरी बाँधेर विवाद भएपछि मात्रै आफूले थाहा पाएको बताए ।

‘सुन्दरनगर, त्यस नजिक कुतियावर छ, अस्ति सुन्दरनगरमा विवाद भयो, अन्य ठाउँमा पनि विवाद छन्, एपीएफ र एसएसबीले रसी हालेर दशगजा छुट्याए,म लाई थाह छैन, विवाद आयो’ उनले भने,‘विवाद आएपछि मात्रै मलाई थाहा भयो, मैले कुरा गर्दा जुन हिसाबले किला हालिएको थियो, त्यो कुरा दिल्ली पुग्यो भनियो, जसरी किला गाडिएको छ, त्यो हटाइनु पर्छ, चलनभोग छ, त्यस अर्थमा पनि दशगजा भनेर किला गाड्न हुँदैन थियो ।’

दोधारा चाँदनी नगरपालिकाका ८ को १६ र १७ नम्बर सीमा स्तम्भको बिचको क्षेत्रमा सधैं विवाद भई रहने अध्यक्ष रोकायाले बताए । ‘यो क्षेत्र कुतियाकवर र सुन्दरनगर पर्छ, १७ र १८ मा कुनै विवाद छैन’ उनले भने,‘त्यस कारण बारम्बार समस्या नआउने गरी यो समस्याको हल खोजिनु पर्छ, त्यसका लागि दुबै देशको जोइन्ट टीम बनाएर सरकार लाग्नु पर्छ ।’

स्थानीय रोहित बमले भारतीय एसएसबीले जिपिएस पोइन्ट भन्दै नेपाली वस्ती र भोगचलन गरिएका जग्गामा मात्रै विवाद झिक्दै आएको बताए ।

‘दुई साल अघि खेतमा सहायक पिलर हालियो, जिपिएस पोइन्ट भन्दैै जिद्दी गरेर हाले’ उनले भने,‘हाम्रो सीमा निक्यौल नगरी यसरी कुनै पिल्लर राख्न दिन हुँदैन, उनीहरु त जमिन बनाएको ठाउँमा मात्रै विवाद गर्छन्, भोगचलन नभएको ठाउँमा विवाद गरेका छैनन् ।’

समाजसेवी भुवन विहारी पन्तले दोधारा चाँदनीमा छोटी भन्सार पुनःस्थापना र लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय सरकार दुबैले गम्भीर हुनु पर्ने बताए ।

‘अहिले लागु औषधको निकै ठूलो समस्या छ, यसतर्फ ध्यान जानु जरुरी छ’ उनले भने,‘आफ्नो जमिन बाँझो राखेर आलु किन्न पनि भारत जाने प्रवृतिको अन्त्य हुनु पर्छ, भारत नभएर बाँच्नै सक्दैनौ भन्ने मानसिक हटाउन तयार हुनु पर्छ ।’

कञ्चनपुरको ब्रह्मदेबदेखि डोके बजारसम्मको १ सय २९ किलोमिटर सीमा क्षेत्र भारतसित जोडिएको छ । यस क्षेत्रका सशस्त्र प्रहरीका १७ बिओपी छन् । दोधारा चाँदनीको ३० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीका ५ बिओपी छन् । अहिले सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा सशस्त्रको गुल्म पनि राखिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक भुवन सिह केसीले सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी अनुसार सीमा सुरक्षा, अपराध, तस्करी नियन्त्रणका लागि काम गर्दै आएको उल्लेख गर्दै इमान्दार भएर काम गर्दै आएको बताए ।

बढीमालिका समाज विकास नेपालले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा गरेको कार्यक्रममा दोधारा चाँदनी नगरपालिका प्रवक्ता ओम वस्नेत, वडा नं. १ का अध्यक्ष बिक्रम बहादुर चन्द, २ का अध्यक्ष पदम सिह रावल, ३ का अध्यक्ष हरि सिह धनाडी, ४ का अध्यक्ष भक्त बहादुर सुनार, ५ का अध्यक्ष केशव बहादुर खत्री, ८ का अध्यक्ष ओमप्रकाश रोकाया, कार्यपालिका सदस्यहरु बिन्दु महर, मानमति भट्ट, वडा सदस्यहरु कृष्णराज भट्ट, लोकेन्द्र चन्द लगायतका सहभागी भएका छन् ।

समाजका अध्यक्ष पदम बहादुर सिहको अध्यक्षतामा र मेयर किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

समाजका अध्यक्ष सिहले सीमा क्षेत्रमा देखिएका समस्या सम्बन्धी छलफल गरी न्यूनीकरणका लागि पहल गर्न कार्यक्रम गरिएको बताए । समाजका सचिव सुरेश कोलीले कार्यक्रम सञ्चालन गरेका थिए । विकल्प दैनिक बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व