सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कहिले पुस्तक जलाउछन् मन्दिर भत्काउछन् ….

कहिले पुस्तक जलाउछन् मन्दिर भत्काउछन्
कहिले उनैले पूजापाठ गर्छन् भेटी चढाउछन्

सधैं अस्थिर रहन्छन् भोगविलास सत्ता स्वार्थ
अनेकथरी ढोङ गर्छन् आत्मरतिमा रमाउछन्

कति विचार विहीन लठुवाहरू छन् यो देशमा
कहिले टुपी काट्छ्न् कहिले धोती लगाउछन्

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

चिन्ता छैन भावी पुस्ताको छोराछोरी पोस्दैमा
यो देशमा कसरी युवा सपना बोकेर आउछन्

Dirghayu Ads

आफू जस्तै विचारहीन निठल्लाहरू जन्मायौ
तिम्रा कर्तुतहरूले तिमीलाई फाँसी चढाउछन

यात्री निरन्तर हिडिरहेको हुन्छ उसका लागि
सूर्य अस्ताए पनि त जून ताराहरू उदाउछन्

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.