सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा एफएमका समाचार प्रमुख पत्रकार सिनाल सम्मानित

कञ्चनपुर । कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सिनाललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

Sana Kishan

बिहीबार कञ्चनपुर उधोग वाणिज्य संघले आफनो ३२ औँ वार्षिक साधारण सभामा कञ्चनपुर आर्थिक पत्रकारिताबाट सिनाललाई सम्मानित गरेको छ ।

सामाजिक विकाससँगै आर्थिक गतिबिधीको प्रचार प्रसार तथा प्रवद्धन गर्न पत्रकारिता तथा सञ्चार माध्यम मार्फत उलेख्य भुमिका निर्वाह गरे वाफत पत्रकार सिनाललाई गरिएको कार्यक्रमका सभापती एवम कञ्चनपुर उधोग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए । साथै आगामी दिनमा पनि विगतको झै सामाजिक आर्थिक विकाससँगै आर्थिक गतिबिधीको विषयमा शसक्त भएर कलम चलाउन उनले आग्रह गरे, साथै उनले पत्रकार सिनालको भविश्यमा उत्तरोत्तर प्रगतीको कामना पनि गरे । सिनालले पत्रकारिता ०६३ सालदेखी सुरुवात गरेका हुन । ०६५ देखी ०७० सम्म डडेल्धुराको सामुदायिक रेडियो अमरगढीमा समाचार प्रमुख र हिलटाईम्स दैनिक पत्रिकामा ०७० देखी ०७२ सम्म अतिथी सम्पादकको रुपमा काम गरेका थिए । यस्तै ०७२ देखी ०७८ सम्म कञ्चनपुरमा रहेको रेडियो महाकालीमा समाचार प्रमुखको जिम्मेवारीमा रहेर कार्य गरेका थिए भने, कञ्चनपुरबाट प्रकाशन हुने मानसखण्ड दैनिक पत्रिकामा पनि काम गरेका छन ।

 अहिले सिनाल कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएम र बाह्रसिंगा एफएममा समाचार प्रमुख र शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा अतिथी सम्पादकको रुपमा कार्यरत रहेका छन । यसरी पत्रकारलाई वाणिज्य सघले प्रोत्साहन गरेसंगै पत्रकार सिनाल उत्साहित भएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.