के के चाहिन्छ तन पनि मन पनि धन पनि
सारा संसार पाइयोस् चाहिन्छ जीवन पनि
चाहिएको पाइने भए जीवन नै हुने थिएन
कसलाई मन पर्दैन र आफ्नो बचपन पनि
नचाहेको कुरा पनि महत्त्वपूर्ण हुन सक्छ
तिमीले चाहेर पाएको होइन धड्कन पनि
संघर्ष हो जीवन जिउन सिक्नु पर्दो रहेछ
आफैले चाहेर ओढ्दैन मान्छे कफन पनि
सराप मलाई कुनै गुनासो छैन ए जिन्दगी
मलाई देववाणी समान छ त्यो वचन पनि
जीउने मर्ने सबैका आ-आफ्नै तरिका छ
मर्दा पनि खुसी मनाउने हुन्छ चलन पनि









Discussion about this post