
प्रकाश भट्ट, कञ्चनपुर – बैतडी विद्यार्थी समाज कञ्चनपुरद्वारा महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा कापीकलम बितरण गरिएको छ।
सोमबार एक कार्यक्रमका बीच अनाथालयमा कापी कलम बितरण गरिएको बैतडी विद्यार्थी समाज कञ्चनपुरका अध्यक्ष रवीन्द्र सिंह साउदले बताएका छन्।


उक्त कार्यक्रममा समितिका संरक्षण समिति संयोजक बिरेन्द्र सिह साउद लगायत समितिका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष रवीन्द्र सिंह साउदले अनाथालयलाई सँधै बैतडी विद्यार्थी समाजले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन्।
