
भागाभाग छ
हाम्रो मेरो देशमा

कसैलाई फुर्सद छैन
काम गर्ने विकास गर्ने देश बनाउने
यस्ता फाल्तु काम गर्न
कसलाई फुर्सद छ र
न कमिसन आउँछ
न प्रसेन्ट दिन्छ
त्यसैले

भागाभाग छ मेरो देशमा
कोहि सेटिङ गर्न भागेको छ
कोहि मिटिङ गर्न भागेको छ
कोहि पैसा उठाउन भागेको छ

कोहि कुरा मिलाउन भागेको छ
कोहि जिन्दावाद गर्न भागेको छ
कोहि मुर्दावाद भन्न भागेको छ
कोहि कुरा लगाउन भागेको छ
कोहि उसलाई फकाउन भागेको छ
कोहि पक्रन भागेको छ
कोहि उम्कन भागेको छ
दाजु/भाइ, देवर/भाउजू, बा/छोराछोरी, साली/भेना, छोरी/ज्वाइँ, काका/भतिजा, हुक्के/बैठके, झोले/चम्चे आदिआदि
सबको भागाभाग छ
हे!पशुपति नाथ
यिनीहरूलाई दया गर
भागदौडबाट मुक्त गराऊ
मोक्षको मार्ग देखाऊ
तिम्रो सरणमा बास देऊ
