Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाको निधनमा पालिकाको शोक विदा दिने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको आज विहान करिब ५ बजे तिर नलमा चिप्लेर निधन भएको खवर पाउदा साथ बेलडाँडी प्रमुख हरिशचन्द्र राना गाउँपालिका पुगेका छन् ।

निवर्तमान पालिका प्रमुखको दुःखद निधनमा पालिकाले एक दिन शोक विदा गर्ने तयारीका लागि अहिले आकस्मिक कार्यपालिकाको बैठक बोलाएको पालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँले भने २÷२ पटक पालिका चलाएका यस पालिकामा वहाँको महत्वपुर्ण योगदान रहेकाले पालिकाले स्थानीय शोक विदा दिने तयारी गरेको वहाँले बताए । विदा आज या भोली दिने लगायत विषयमा छलफल हुने वहाँले जनाए ।

आज विहान करिब ५ बजेको समय तिर नलमा लडेकै अवस्थामा मृत फेला परेका परिवारजनले जनाएका छन् । खोकी लागेपछि पानीको कुल्लाह हाल्नको लागि गएका बेला लडेर मृत्यु भएको परिवारजनले जनाएका छन् ।

यस्तो छ उनको इतिहास

कर्णाली प्रदेशको जाजरकोटबाट २०२९ मा तराई झर्दा धन बहादुर थापा क्षेत्री २२ वर्षका थिए । त्यस अघि केही सयम उनी जाजरकोट प्रशासन कार्यालयमा वैदार भएका थिए । तराई झरेपछि उनको परिवार महाकाली नदी पारी चाँदनीमा बस्यो । सात वर्ष चाँदनी बस्दा उनी राजनीति नजिक हुन पुगे ।

त्यहींको राजनीतिक लगावले अन्ततः थापा राजनीतिमा सक्रिय भए । राजनीतिका विभिन्न कालखण्ड पार गरी उनी दुई पटक स्थानीय सरकार प्रमुख बनेका थिए । ७४ वर्ष पुगेका थापाले बेलडाँडी गाउँपालिकाको नेतृत्व दुई–दुई पटक सम्हालि सकेका थिए । उनी जाजरकोटबाट आएर दोधारा चाँदनी बस्ने बेला देखि राजनीतिमा जोडिएका थिए ।, उनको चाँदनीमा त्यहीं ६÷७ महिना बसेर बेलडाँडी बसाईसराई भयौ, त्यहाँबाट आएर पनि राजनीतिलाई निरन्तरता दिई रहे ।’

अहिले दोधारा चाँदनी नगरपालिका वडा नं. १ पर्ने थापाको गाउँका वासिन्दालाई बेलडाँडी गाउँपञ्चायतको ९ नम्बर वडामा सट्टाभर्ना गरिएको थियो । बेलडाँडी आएपछि थापाले थप राजनीति अघि बढाए । २०३८ मा पञ्चायतको राष्ट्रिय चुनावमा लडे । त्यति बेला उनी बीर बहादुर विष्टसित पराजित भए । बेलडाँडी गाउँ विकास समितिको अध्यक्षमा विष्ट थापाकै प्रतिस्पर्धी थिए ।

थापाले चु्नाव जितेर राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्टलाई समेत एमाले प्रवेश गराए । विष्टले थापालाई एमाले प्रवेश गर्न अघि दुई पटक चुनाव हराएका थिए । २०४३ मा पनि थापा विष्टका प्रतिस्पर्धी थिए । विष्टले जितेको चुनावमा थापा र काँग्रेसका नेता चन्द्र बहादुर सिह उनका प्रतिस्पर्धी थिए । उनी पहिलो पटक पनि हारेको थिए, दोस्रोमा चुनाव लडे, तेस्रो भए ।’

त्यस बेला अहिलेको बेलडाँडी गाउँपालिका रामपुर विलासीपुरको ८ नम्बर वडा थियो । २०५४ मा चुनाव जित्न अघिसम्म उनी लागतार चुनाव लडि रहे । २०४६ मा बहुदल आएपछि तीन वर्ष पछि २०४९ मा स्थानीय निकायको निर्वाचन भयो । थापा फेरि बेलडाँडी गाविसको अध्यक्षमा चुनाव लडे । त्यसमा चुनावमा पनि उनलाई सफलता मिलेन । पञ्चायती चुनावका प्रतिस्पर्धी काँग्रेसका नेता चन्द्र बहादुर सिह निर्वाचित भए ।

उनी २ सय ८ मतले सिंहसित चुनाव हारे । त्यस बेला सिह, थापा र विष्ट तीन जना चुनाव लडेका थिए । चुनावबाट थापाको अवस्था बलियो भएको थियो । उनी तेस्रो नम्बरबाट दोस्रो स्थानमा पुगे । ‘तीन जना पञ्चायदेखि चुनाव लड्दै आएका थापा, २०४९ सम्म नै प्रतिस्पर्धी थिए’ ‘पञ्चायतमा चुनाव जित्न सकिएन, २०४९ पनि पोजिसिन सुधार भयो ।

चुनाव जित्ने लक्ष्यका साथ थापा पाँच वर्षपछि फेरि २०५४ को निर्वाचनमा उम्मेदवार भए । त्यसमा निर्वाचनमा उनी निर्वाचित मात्रै भएनन्, पञ्चायतकालिन प्रतिस्पर्धी बीर बहादुर विष्टलाई नै आफ्नो पार्टीमा ल्याए । २०५४ को निर्वाचनमा उनले अघिल्लो निर्वाचनका विजेता सिहलाई ६ सय ८ मतले पराजित गरे । उनी तत्कालिन एमालेबाट चुनाव लडेका थिए ।

२०५४ बाट बेलडाँडीमा २०३८ देखिको तीन नेताबीचको त्रिकोणीय प्रतिस्पर्धा अन्त्य भयो । राप्रपा नेता विष्ट एमाले भएपछि काँग्रेसका सिह र थापा मात्रै राजनीतिक प्रतिस्पर्धी बचे । नयाँ संविधान अनुसारको २०७४ मा उनीहरु दुई राजनीतिक प्रतिस्पर्धीका रुपमा फेरि चुनावी मैदानमा देखिए । थापाले २० वर्षपछि फेरि सिहलाई चुनावमा हराएका थिए ।

२०५४ मा अध्यक्षलाई नागरिकता सिफारिश गर्ने नै प्रमुख काम मान्ने गरिएको थियो । अहिले त्यो सबै काम वडा अध्यक्षलाई दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा जग्गा व्यवस्थापन थापाको प्रमुख चुनावी एजेण्डा थियो । ‘गाउँपालिकाका सबैभन्दा बढी समस्या नै जग्गाधनी पूर्जा नहुनु हो ।

बेलडाँडी गाउँपालिकामा थापाको पालामा भूमि सम्बन्धी समस्या समाधान समितिले कार्य अघि बढाएको थियो । निवर्तमान अध्यक्ष थापाले गाउँपालिकाका विकास निर्माणसंगै पर्यटनका पूर्वाधार निर्माण, सिँचाई, स्वास्थ्य, शिक्षा लगायतका सबै क्षेत्रलाई अघि बढाएका थिए । बेलडाँडी गाउँपालिका २ नम्बर वडाका वासिन्दा थापाका दुई छोरा छन् । दुबै छोराहरु शिक्षण पेशमा छन् ।

जनताको सेवा गर्ने लक्ष्य लिएर राजनीतिमा अघि बढेका थापा पछिल्लो समयमा क्यान्सर रोग पिडित बनेका थिए । राजनीतिलाई सेवाका रुपमा अघि बढाउँदा जनताले विश्वास गरेका थापा आज यो संसारबाट अस्थाएका छन् । यति बेला बेलडाँडी गाउँपालिका शोकमा डुबेको छ । पश्चिम समाचार बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व