महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषाधि पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधी नष्ट गरिदिएको छ ।

बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद गुज्रेका औषधी नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारि दिए । “आज अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुमगन गरेको हो ।” उनले भने–“मेडिकलमा म्याद नाघेका औषधी फेला परेपछि समितिले नष्ट गरेको हो ।” उनले अनुगमनका क्रममा साथै दर्ता नविकरण नगरिएको समेत पाइएको बताए ।










Discussion about this post