प्रकाश भट्ट, कञ्चनपुर – नेपाल चलचित्र श्रमिक संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। सोमबार चलचित्र श्रमिक संघ कञ्चनपुरका अध्यक्ष सुरेश चन्दको सभापतित्व तथा भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन कमिटीका जिल्ला अध्यक्ष शुसिल भट्ट तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कञ्चनपुर शाखाका अध्यक्ष लाल बहादुर धामीको विशिष्ट आतिथ्य रहेको थियो।
उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन कमिटीका खुल्ला उपाध्यक्ष हरिश भट्ट तथा उपाध्यक्ष सन्तोषी ऐर, सिलाइ बुनाइ संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष संकर ऐरीको आतिथ्य रहेको कार्यक्रमका सञ्चालक प्रदिप पालले बताए। त्यसैगरी अधिवेशनबाट अध्यक्षमा सुरेश चन्द, उपाध्यक्षमा हरि प्र. भट्ट, सचिवमा सन्दिप थापा, कोषाध्यक्षमा मासुम विष्ट (मनोज) र सदस्यहरूमा कृष्णा प्र. पाठक, मोहन पाल, गोरख चन्द, अनिल चन्द, मनोज चन्द गरी ९ सदस्यीय जिल्ला समिति गठन भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल ट्रेड युनियन कमिटीका उपाध्यक्ष सन्तोषी ऐरले राखेको कार्यक्रम सञ्चालक पालले बताए।









Discussion about this post