मैले फूल सम्झी स्वीकारे
त्यो भित्र काँडा रहेछ, मलाई के थाहा
मैले मेरै सम्झी सम्हाले
त्यो तिम्रो डाहा रहेछ मलाई के थाहा
हजारौं सपनामा सजाएको थिए
तर सपना सत्य हुन्न , मलाई के थाहा
मिठा ति बचनमा हराएको थिए
तर सत्य तितो हुन्छ, मलाई के थाहा
भएर म पुरानो त्यसैले पो बिर्सियौ
नयाँ रूपहरू आफ्ना लग्दा रहेछन्, मलाई के थाहा
अमृत दिए मैले विष सम्झी फ्याँक्यौ
तिमीलाई सम्मान नी बेइज्जत लाग्दो रहेछ, मलाई के थाहा
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post