तिमी आऊ नआऊ केही फरक पर्दैन
हाँस रमाऊ लजाऊ केही फरक पर्दैन
यादहरू सुरक्षित छन् मसँग ती चिट्ठी
च्यात आगो लगाऊ केही फरक पर्दैन
बिहान हुने आशमा रात काट्छ मान्छे
सपना सारा जलाऊ केही फरक पर्दैन
सपनाहरू टुक्रिएपछि जोड्न मिल्दैन
तिमी जसरी समाऊ केही फरक पर्दैन
जिन्दगी भरि सम्झिने छु तिम्रो काख
मेरो सिरानी बनाऊ केही फरक पर्दैन









Discussion about this post