मनको कुरा भन्छु भन्थे भन्न सकिएन ,
महिना गयो , वर्ष गयो मनको प्यास मेटिएन ।
सपनीमा त देखेको थिए हिजो आज भेट भयो,
मनको कुरा खोल्यौ भन्दा यात्रा टाढाको भयो ।
बादल ,वर्षाको यो मौसमलाई प्रश्न सोधे उत्तर पाएन,
मनको कुरा भन्छु भन्थे भन्न सकिएन ।
सँगै पढेको सँगै खेलेको त्यो समयमा,
मन भुलाए मैले तिम्रो मायालु स्वरमा ।
नजिक आउँ तिमि यी नयनले तिमिलाई खोज्छन् ,
मेरा सारा सपनाहरू तिमि बाटै साकार हुन्छन् ।
सम्झनामा आशु खस्यो सधैँ भरि पाउ सम्झन,
मनको कुरा भन्छु भन्थे भन्न सकिएन ।









Discussion about this post