सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिप दुर्घटना : मृतकका आफन्त आन्दोलित, शव बुझ्न मानेनन्

बैतडीमा जिप दुर्घटनामा ज्यान गुमाएका आफन्त क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका छन्।

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मंगलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाउने सबै बझाङको केदारस्युँ गाउँपालिका–५ का रहेका छन्।

उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै बझांगबाट आएका उनीहरु घटनास्थलमै आन्दोलित भएका हुन्। आवश्यक क्षतिपूर्ति नपाए शव नबुझ्ने आफन्तहरुले अडान राखेका छन्। उनीहरु बुधबार बिहानैदेखि जयपृथ्वी राजमार्गमा शव राखेर आन्दोलन गरिरहेका छन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मृतकका परिवारले गाडी साहु नआएसम्म घटनास्थलबाट शव नउठाउने अडान लिएका बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। जिप साहु घटनास्थल आउनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने उनीहरुको अडान रहेको छ। गाडी साहु बझाङको केदारस्युँकै रहेका र उनलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ।

Dirghayu Ads

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन्।

जिपमा सवार अन्य ५ जनाले हाम्फालेर ज्यान बचाएका थिए। दुर्घटनालगत्तै जिपचालक बझांगकै २७ वर्षीय अर्जुन बोहरा फरार रहेका छन्। उनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेकाहरु दुर्घटनामा परेका हुन्। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.