Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटामा देखिन्छ दिन दिनै बाघ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । के तपाइलाई शुक्लाफाँटा निकुञ्ज घुमेर बाघ हेर्ने चाहना छ ? चाहनु हुन्छ भने यस पटक पक्कै बाघ देख्नु हुनेछ । शुक्लाफाँटामा यस पटक विगतको वर्ष भन्दा बढी बाघ देखिन लागेको हो ।

‘बाघ त पहिला पनि देखिन्थे, यस विगतको वर्ष भन्दा बढी मात्रामा बाघ देखिएको छ’ राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी प्रसाद जोशीले भने,‘यस पहिलो पटक पहिलो जसरी कता होला भन्ने छैन, जता पनि पाटेबाघ देखिई रहेको छ ।’

उनका अनुसार हालसम्म निकुञ्जको महाकाली नदी, चौधर नदी, शुक्लाफाँटा घाँसे मैदान लगायतका क्षेत्रमा बाघ देखिएको छ । यस अघि निकुञ्जभित्र विरलै मात्रा बाघ देखिने गरेको थियो । गर्मी याम सुरु भएपछि देखिने बाघ बर्खा याम अघिसम्म देखिने संरक्षणकर्मी बताउँछन् । उनीहरुका अनुसार यस अघि घाँसे मैदानमा मात्रै बाघ देखिने गरेको थियो ।

निकुञ्जमा बाघ संख्या बढेका कारण गर्मी याम सुरु भएपछि विगतको तुलनामा बढी बाघ देखिएको प्रमुख जोशीले बताए । ‘बाघ संरक्षण कार्यक्रमले बाघको संख्या बढेको छ, त्यहीं भएर अहिले गर्मी याम सुरु भएपछि बाघ देखिएका हुन्’ उनले भने,‘अहिले फेरि निकुञ्जमा बाघ देखिने सिजन नै हो ।’

तीन दिन अघि बिहीबार मात्रै चार पटक बाघ देखिएको छ । एक साता अघि एकै दिन ६ पटक बाघ देखिएको थियो । एकै दिन यति संख्यामा बाघ देखिएको पहिलो पटक हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको गणना अनुसार ३६ बाघ छन् । त्यस अघि सन् २०२१ मा निकुञ्जमा बाघको संख्या त्यसको आधा थियो । २०२१ मा निकुञ्जमा १९ बाघ देखिएका थिए ।

निकुञ्जको संरक्षणको कार्यक्रमले बाघको आहारा बढेपछि संख्या बढेको संरक्षणकर्मीको भनाई छ । निकुञ्जभित्र बाघका लागि बाह्रसिंगा सहित चित्तल, निलगाई, लगुना, जरायो, रतुवा, बँदेल लगायतका आहारा छन् । त्यसमा सबैभन्दा बढी बाह्रसिगा २ हजार तीन सय भन्दा बढी छन् । बाह्रसिंगाको झुण्ड पनि शुक्लाफाँटा निकुञ्जको पहिचानका रुपमा लिने गरिएको छ ।

बाह्रसिंगा शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै छन् । बर्दियामा एक सय हाराहारीमा बाह्रसिंगा छन् ।संरक्षणकर्मीका अनुसार गर्मी याममा बाघ जङ्गलभित्र आद्रता खोजीमा निस्कने भएकाले नदी किनार र घाँसे मैदानमा देखिएको हो । बर्खा याम सुरु भएपछि पानी नजम्ने उचो भागमा बस्ने गर्छ । चिसोमा भने झाडीमा बाघले बासस्थान बनाउँदै आएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख जोशीले निकुञ्जमा बाघ र बाह्रसिंगा दुबै जनावर महत्वपूर्ण भएको बताए । ‘यी दुबैले निकुञ्जको आन्तरिक र बाह्य दुबै पर्यटन बढाएको छ’ उनले भने ।

शुक्लाफाँटामा सन् १९९५ मा पहिलो पटक बाघ गणना गरिएको थियो । त्यस बेला १६ बाघ देखिएका थिए । २७ वर्षपछि सन् २०२२ मा यो संख्या बढेर ३६ पुगेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार सन् २००२ मा २६ बाघ देखिएका थिए । त्यति बेला शुक्लाफाँटामा बाघको घनत्व सबैभन्दा बढी भएको निकुञ्जको रुपमा चिनिएको थियो ।

सन् २००५ देखि २०१८ सम्म बाघको संख्या घटेको थियो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको सन् २००५ मा निकुञ्जमा बाघको संख्या १८ थियो । त्यसपछि सन् २०१३ मा १७ र २०१८ मा १६ पुगेको थियो । सन् २०२१ मा बढेर १९ पुगेको बाघको संख्या सन् २०२२ मा बढेर फेरि ३६ पुगेको हो ।

संकटासन्न अवस्थामा पुगेको बाघ विश्वका १३ देशमा चार हजार हाराहारीमा मात्रै छन् । शुक्लाफाँटा निकुञ्ज आउने पर्यटकमध्ये अधिकाँशले बाघ हेर्ने इच्छा राख्ने गरेको जोशीले बताए । कोभिड महामारी अघि १२ हजारसम्म पर्यटक आएको निकुञ्जमा गत वर्ष २५ सय ७० मात्रै आएका छन् । अघिल्लो वर्ष त्यस भन्दा केही बढी २९३० पर्यटक निकुञ्ज आएका थिए ।

शुक्लाफाँटामा बाघ अवलोकन र अध्ययनका लागि आन्तरिक बाह्य पर्यटक आउने गरेको जोशीले बताए । ‘बाघलाई हेर्ने सबैको इच्छा हुन्छ, बाघ देखे भने भाग्यमानी हुने विश्वास पनि गरिन्छ , अनि बाघ यो इकोसिस्मटमा सबैभन्दा माथि हो, विरलै पनि देखिन्छ, धर्म संस्कृतिका हिसाबले पनि हेरिन्छ, त्यसैले पनि हेर्न आउँछन्’ उनले भने,‘अर्को यसलाई बलवान मानिने भएकाले सबैले बाघ हेर्ने इच्छा राख्छन् ।’

नर्वेको विश्वविद्यालयका विद्यार्थी अहिले बाघ अध्ययनका लागि निकुञ्ज आएका छन् । त्यस बाहेक नेपालका विभिन्न विश्वविद्यालयका विद्याथी पनि पटक पटक बाघ अध्ययनका लागि आउने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ संरक्षणका लागि आहारा व्यवस्थापन, घाँसे मैदान व्यवस्थान र स्थानीय वासिन्दासितको द्वन्द्व व्यवस्थापन लगायतका कार्यक्रम गर्दै आएको छ ।

‘निकुञ्जभित्र सबै संरक्षणका कार्यक्रम हुन्छन्, नियमित अनुगमन लगायतका कार्यक्रम हुन्छन्, यसमा निकुञ्ज, प्रकृति संरक्षण कोष र सेनाले काम गर्दै आएको छ’ जोशीले भने,‘बाघले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनमा फड्को मार्न सक्छ, यसका लागि सरोकारवालाले पर्यटन प्रवद्र्धनका लागि सोच्नु जरुरी छ ।’

सरकारले २०७४ मा तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाएको थियो । गोमती पालले विकल्प दैनिकमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व