
टाढाबाट हेर्नुस गतिविधि गद्दार जस्तो देखिन्छ
समिपबाट नियाल्दा यो सरकार जस्तो देखिन्छ
न्यायको व्यापार हुने त अदालत छ मेरो देशमा
फैसला बेच्न नि अदालत तयार जस्तो देखिन्छ
सम्झिन्छौ पैसा पद र पावर सधैं मेरो नै हुनेछ
तिमीलाई अब यहीँ पूरा संसार जस्तो देखिन्छ
सुबिधा हो भन्छ मस्ती गरी बसेको छ आनन्द
मलाई किन किन त्यो भ्रष्टाचार जस्तो देखिन्छ
