सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्षेत्रको विकासका लागि पुर्वखानेपानीमन्त्री मगरद्वारा विभिन्न मन्त्रालयमा डेलिगेशन

कञ्चनपुर – कञ्चनपुर क्षेत्र नम्बर १ को दिगो विकास र सम्बृद्धिका लागि पुर्व खानेपानीमन्त्री बिना मगरद्वारा संघीय सरकारका मन्त्रालयको ध्यानाकर्षण गराईएको छ ।

Sana Kishan

माओवादी केन्द्रकी नेतृसमेत रहेकी पुर्व खानेपानीमन्त्री मगरले क्षेत्रको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी सहितका दक्षिण क्षेत्रका जनप्रतिनिधी सहितको टोली लगेर पुर्वमन्त्री मगरले विभिन्न मन्त्रालमा डेलिगेशन दिएको छ ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले पुर्वमन्त्री मगर सहितको टोलीले संघीय सरकारका विभिन्न मन्त्रालयमा गएर बेलौरी नाका खुलाउनेदेखि क्षेत्रकै विकासका लागि ध्यानाकर्षण गराएको बताए ।

मेयर चौधरीका अनुसार दक्षिणी क्षेत्रका बेलौरी सहित बेलडाँडी, पुनर्वास र लालझाडीको भौतिक पूर्वाधार सहितको एकिकृत विकास निर्माणमा योजनामा मन्त्री मगरले संघीय सरकारका विभिन्न मन्त्रालयमा ध्यानकर्षण गराएको बताए ।

श्रीपुर बेलौरी खानेपानी आयोजनाको पाइप लाइन जीर्ण भएकोले नयाँ पाइप लाइन बिस्तार लगायत विभिन्न खानेपानी आयोजना निमार्णको माग अघि सारिएको छ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसंग बन्धाताल, शोभाताल, कालेश्वर महादेव ,सिताराम साकेत धाम मन्दिर निर्माण लगायत विभिन्न पर्यटकिय क्षेत्रको बारेमा विशेष छ्लफलका साथ बजेट ब्यबस्थापनको माग , शहरी बिकास मन्त्री सिता गुरुङसङ्ग रिङ रोड र शोभाताल को डि पि आर अनुसारको बजेट ब्यबस्थापनको माग अघि सारेको छ ।

उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेतसङ्ग उदयपुर क्षेत्र मा ५सय मिटर दोदान र झर्नाखोला सहितका खोला नदीमा तत्काल तटबन्धगर्न चालु बर्षमा काम हुने गरि काम गर्ने र दोदा नदि बर्सेनि कटान गरि रहने हुदा दिगो नदि नियन्त्रण तटबन्ध ब्यबस्थापन को माग सहित आगामी बर्षमा लालझाडी , बेलौरी , पुनर्बाससम्म दोदा नदिमा तटबन्धको बजेट ब्यबस्थापनगर्न माग अघि सारिएको छ । सित्तल भट्टले पश्चिम प्रेसमा लेखेकी छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.