सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६६ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

Far weast coaching ad
51
Sana Kishan

भोजराज पन्त, सुन्दरपुर, कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ९मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि. को आयोजनामा सुन्दरपुरमा ‘सहकारीको दिगोपन : स्वनियम र सुशासन’ मुल नाराका साथ ६६ आंै राष्ट्रिय सहकारी दिवस सोमवार मनाइएको छ ।


इन्दे्रणी कृषि सहकारी संस्थाको कार्यालय वाट प्रभात फेरी सुरु गरी फेरी कार्यलयमानै पर्कीएर कोण सभामा परिणत भएको कार्यक्रममा सभापति इन्दे्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्ट रहनु भएको थिए भने प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक सिंह विष्ट रहनु भएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष विष्टले भने सबै सहकारीले कुनै न कुनै उद्देश्य वोकेर कार्य गर्नु पर्दछ अनि मात्र सहकारी अगाढी वढ्दछ , कुनैे बिउ सम्वन्धी कार्य गर ,कुनै मल सम्बन्धी, सबै सहकारी एउटा उद्देश्यबोकेर मात्र अगाडी वढ्नु पर्दछ ।

Arus
Karnali Traders


कार्यक्रममा विशिष्ठ अतिथि वेदकोट नगरपालिका सहकारी साखा प्रमुख पदम सिंह ठकुराठीले भन्नु भयो अहिले बेदकोट नगरपालिकामा ६१ सहकारी दर्ता भएता पनी जम्मा ३२ सहकारी संस्था मात्र सक्रीय रहेको र अव नियमन र अनुगमन गरेर दर्ता मात्र भएका कार्य नगरीरहेका सहकारीलाई दर्ता खारेजी गर्न नगरपालिका सहकारी साखा अगाडी वढ्ने छ ।


उनले भने सवै सहकारीहरु ‘सहकारी व्यवस्थापन सुचना प्रणाली’ मा दर्ता हुनु पर्दछ र सबै सहकारीले आफ्नो तथ्याङ्क राख्नु पर्दछ । सहकारी साखाले अव केहीदिनमा नै सहकारी व्यवस्थापन सुचना प्रणालीमा कसरी तथ्याङ्क राख्ने भन्ने समेत तालिम आयोजना गरीने साखा प्रमुख ठकुराठीले जनाकारी गराउनु भयो ।
वेदकोट नगरपालिका वडा नम्वर ९ वडा कार्यालय शिलन्यास
वेदकोट नगरपालिका वडा नम्वर ९ वडा कार्यालय भवनको सोमवार शिलन्यास भएको छ । वेदकोट नगरपालिका नगर प्रमुख भोजराज वोहराको प्रमुख अथितिमा भएको शिलन्यास कार्यक्रमा वडा अध्यक्ष जनक सिंह विष्टले शिलन्यास कार्य गर्नु भएको थियो ।
कार्यक्रममा वडा नम्वर ९ का निर्वतवान अध्यक्ष राम सिंह धामी, जग्गा दान कर्ता रामी भाट लगाएत परिवार, राजनितिक दल, गाउँका वुद्धीजिवी हरुको उल्लेखनीय उपस्थीती रहेको थियो । शिलन्यास पछि वडा अध्यक्ष जनक सिंह बिष्टले सुन्दरपुरको मुटुमा रहेको जग्गा दान गरेकोमा जग्गादान कर्ता रामी भाट लगाएत सम्पुण भाट परिवारलाइ वधाई तथा धन्यवाद दिनु भयो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.