सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिका वडा नं ९ को कार्यालय भवन नगर प्रमुख बोहोरा द्वारा शिलन्यास

Far weast coaching ad
57
Sana Kishan

कञ्चनपुर –  वेदकोट नगरपालिकाको वडा ९ कार्यालय भवन शिलान्यास भएको छ । निर्माण हुन लागेको ५ कोठे सुविधा सम्पन्न भवनको सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले एक कार्यक्रमबीच भवन शिलान्यास गरेका हुन् ।

Karnali Traders

लगभग रु ४९ लाख ३२ हजार ८३० रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवनका कारणले निकट भविष्यमा दिगो समयसम्म सेवाग्राहीहरू लाभान्वित हुने वेदकोटका नगर प्रमुख भोजराज बोहराले बताए।

Arus

उक्त भवन निर्माणका लागी वडा नम्बर ९ का स्थानीय रामी भाटले जग्गा दान गरेका हुन्। ५ कोठे भवन ३ महीनामा निर्माण गरिसक्ने लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाएको ठेकेदारले जानकारी गराए । उक्त शिलान्यास कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष जनक बिष्ट, निवर्तमान वडा अध्यक्ष राम धामी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि तथा समाजसेवी लगायतको भव्य सहभागिता रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.