सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चार दिन देखि बेपत्ता भएका बेलडाँडीका नाबालक झाडीमा सकुशल फेला

शुक्रबार साझ साढे ५ देखि बेलडाँडी गाउँपालिका–५ मामा घर देखि २१ महिने नाबालक विवेक पन्त बेपत्ता भएको ४ दिन पछि आज विहान झाडीमा सकुशल फेला परेका छन् ।

आज विहान जंगल तिर दिशापिसा गर्ने जानेहरुले बच्चा रोएको आवाज सुनेपछि त्यसठाउँमा पुग्दा बच्चालाई उत्तानो पारेर राखेको अवस्थामा फेला परेको बेलडाँडी ५ का अध्यक्ष इन्द्र बहादुर खडकाले जानकारी गराउनु भयो । उहाँका अनुसार गाउँलेहरुले अफुलाई खवर गरेपछि स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधीहरुको टोलीले उद्धार गरेर बेलडाँडी प्राथामि स्वास्थ्य केन्द्रमा ल्याएको बताए ।

Sana Kishan

बच्चालाई कसैले आज बिहानै लगेर राखेको जस्तो आशंका गरिएको स्थानीयहरुले बताएका छन् । स्थानीयका अनुसार यस्तो नाबालक संग खेलवाड गर्नेको छानवीन गरि कडा कार्वाही गरिनुपर्ने माग गरेका छन् । यदि बच्चा तीन दिन देखि त्यहाँ भए हामीहरुले त्यहा दैनिक खोजी गर्दा भेटिएन आज विहान लगेर राखेको हुन सस्क्ने उनीहरु बताउछन् ।

World Link Ads
Mahakali Polytechnic

बच्चा त्यहि थियो की कसैले लगेर राखेको हो त्यो सबै अनुसन्धानको पाटोमा रहेको बेलडाँडी इलाका प्रहरी प्रमुख निरीक्षक पुस्कर पन्तले जानकारी गराउनु भयो । उहाँका अनुसार बच्चाको स्वास्थ्य अवस्था अलि नाजुक रहेकाले थप उचारका लागि धनगढी पठाएको बताए ।

हराएका नावालक बेलौरी १० भुडा घरभएका बुवा मनोज पन्त र आमा सरस्वती रोकाया पन्तका छोरा हुन । घरय्यासी खटपटले डेढ बर्ष देखि सरस्वती माईती घर बस्दै आएकी थिइन् । पश्चिम समाचार बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.