मनमा विचारहरू अनेक छन् छान्न कोसिस गरेको छु
अब यहाँ बाट विचारको क्रान्ति गर्न खोजिरहेको छु
आँखा बाट आशु झर्दा पनि हाँसेर बाचेको छु
बाच्नलाई यो संसारमा सङ्घर्ष गरिरहेको छु
सबै सँग मिलीजुली सुख ,दुःख साट्नुपर्छ
तिमिले छोडी जाँदा मायाको आभास भएको छ
यो मनले आफैलाई सम्झाइरहेको छ
किन हो यो मनले तिमिलाई धेरै प्रश्न सोध्छ
यो जिन्दगी सम्झौता हो कि बाध्यता के हो ?
जिन्दगीको अन्तिम सत्य मरी जाने घाट नै हो
हेर्छु जिन्दगीलाई मेरो के कुरामा दोष छ
त्यो मनलाई बदल्न कति समय लाग्नेछ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी









Discussion about this post