
म त हराभरा रुख बनी प्रकृतिको शोभा बढाउने छु
छहारी बस्दा सम्झिरहौला सोचेको छु
मैले खोजेको छु कोइली न्याउली सँग कुराकानी गर्न
तिमिलाई नै हेरि बसेको छु म प्रश्न सोध्न

आधि हुरी चले जस्तै यो मन दौडिरहन्छ
साउने झरीमा भिज्दा मन आनन्द हुन्छ
बन पाखाको नजिक खोलाको किनारमा पुगेको छु
मेरो साथमा आएर साथ दिन्छौ आशा गर्छु

वर्षौँ देखि यो दिलले तिम्रै आशा मानेको छ
सु:ख, दुःख जस्ता अनेक भोगाइमा जिन्दगी बितेको छ
म त हराभरा रुख बनी प्रकृतिको शोभा बढाउने छु
छहारी बस्दा सम्झिरहौला सोचेको छु
