माया गर्ने मान्छे तिमि किन रिसाएर जान्छौ
के थियो तिम्रो मनमा के कुरा खेलाएर गयौ
सोच्छु मैले अचेल त तिमिले बोल्न पनि छाड्यौ
किन मिठा मिठा बात गरी मनमा बास गर्यौ
सँगै गरेका यात्राहरू सम्झनामा छन् कि
मैले तिमि सँग गरेका बातहरू स्मरण छन् कि
यो जिन्दगीको यात्रा निरन्तर चलिरहन्छ
जिन्दगीको यो पल यादगार बनिदिन्छ
माया गर्ने मान्छे तिमि किन रिसाएर जान्छौ
दोबाटोमा मलाई छोडी एक्लै हिँडेर जान खोज्छौ
यो मेरो मनले तिम्रो बारेमा सम्झिरहन्छ
तिमिले पनि मलाइ माया गर्छौ थाहा छ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी









Discussion about this post