मेटाइ दिनु हजुरले मलाई आफ्नो दिलबाट
उठेर आएको हूँ भर्खर म पनि महफिलबाट
मैले मलाई नै बचाउनु पर्छ त्यसैगरी जसरी
बचाउनु पर्छ कुखुराले चल्लो पनि चिलबाट
दु:खहरू लेउ लागेर बस्छ यी परेलीहरूमा
खुसीहरू बगेर जान्छन् आँखाको डिलबाट
कति क्षति भयो हिसाब गरिएन आजसम्म
अब मन चोरेको मुद्दा लेखाउँछु वकिलबाट
मौनताभित्र आवाज हुन्छ कान थापेर सुन
बोल्न मन लागेन संकेत गरुला हुसिलबाट
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post