Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेदकोटमा १५ शैय्याको नगर अस्पताल निर्माण कार्य सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १४, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । बेदकोट नगरपालिकामा १५ शैय्याको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ । बेदकोट नगरपालिका ३ मा अस्पताल बनाउन झण्डै दुई वर्ष अघि ९ करोड ७४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु नभएपछि केही दिन अघि स्थानीयले आन्दोलन गरी दबाव दिएका थिए । निर्माण कम्पनीले साइड क्लियर नभएको कारण देखाउँदै निर्माण कार्य अघि बढाउन ढिलाई गरेको थियो ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले ठेक्का सम्झौता अनुसार नगर अस्पताल निर्माण कार्य सुरु गरिएको बताए । ‘ देशभरका एकै पटक शिलान्यास गरिएका अस्पतालमध्ये यो अस्पताल पनि हो, ठेक्का सम्झौता भएर पनि निर्माण कार्य सुरु भएको थिएन,’ मेयर बोहराले भने,‘अहिले निर्माण कार्य अघि बढेको छ, निर्माण कम्पनीले यसलाई तीव्रता दिनेमा विश्वास लिएको छु ।’

बेदकोटमा मेयर बोहरा आउन अघि नै अघिल्लो कार्यकालमा राजेन्द्र निर्माण सेवासित अस्पताल बनाउन ठेक्का सम्झौता गरिएका थियो । ठेक्का सम्झौतापछि निर्माण कम्पनीले ८५ लाख पेश्की रकम लिएको थियो । नगरपालिकाले निर्माण सुरु गर्न पटक पटक आग्रह गर्दा पनि निर्माण कम्पनी साइड क्लियर नभएको कारण देखाउँदै आएको थियो ।

मेयर बोहरा बेदकोटको नेतृत्व सम्हालेपछि पनि निर्माण कम्पनीलाई भेटेर ठेक्का सम्झौता अनुसार अस्पताल निर्माण कार्य अघि बढाउन आग्रह गर्दै आएका थिए । उनी आएपछि अस्पतालका लागि चाहिने आवश्यक जग्गा व्यवस्थापन सहितका कार्य गरी साइड क्लियर गरिएको थियो ।

‘अस्पताल शिलान्यास गरियो, ठेक्का सम्झौता पनि भयो , तर त्यसका लागि चाहिने जग्गाको व्यवस्थापन गरिएको थिएन्,’ मेयर बोहराले भने,‘मैले नगरको नेतृत्व लिएपछि निर्माण व्यवसायीलाई फ्लोअप गरे, कार्तिक मंसिरमा निर्वाचन आचार सँहिताका कारण काम हुन सकेन, त्यसपछि अनि जग्गा लगायतका आवश्यक व्यवस्थापनका कार्य गरी साइड क्लियर गरियो, नत्र निर्माण कम्पनीले साइड क्लियरलाई कारण देखाउँदै काम गर्न नसक्ने अवस्था देखाउँदै आएको थियो ।’

बेदकोटस्थित शारदा माध्यमिक विद्यालयले नगर अस्पताल बनाउन सात कट्टा जग्गा उपलब्ध गराएको थियो । अस्पतालका लागि १२ कट्टा जग्गा चाहिएको थियो । अपुग पाँच कट्टा जग्गा सामुदायिक वनबाट उपलब्ध भएपछि अहिले अस्पताल निर्माण सुरु गरिएको छ ।

१२ कट्टा जग्गामध्ये ९ कट्टा जग्गामा अस्पतालका लागि दुई ओटा भवन निर्माण हुने छन् । त्यस बाहेक चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतका आवाश लगायतका भवन निर्माण गर्ने योजना बनाइएको छ ।

नगर अस्पताल बनेपछि बेदकोट र छिमेकी शुक्लाफाँटा नगरपालिकाका वासिन्दालाई समेत विशेषज्ञ चिकित्सबाट स्वास्थ्य सेवा लिन सहज हुने मेयर बोहराले बताए । ‘यो अस्पताल बनेपछि बेदकोटका वासिन्दाले सहज रुपमा सेवा सुविधा पाउने कुरा छँदैछ,’ उनले भने,‘त्यस बाहेक छिमेकी शुक्लाफाँटाका वासिन्दा पनि सेवा लिन सक्छन् ।’

बेदकोटमा अहिले सुडा र दैजीमा स्वास्थ्य चौकी सञ्चालना छन् । यी दुबैमा बर्थिङ्ग सेन्ट छन् । नगरपालिकाका सबै १० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएका छन् ।

अस्पताल बनेपछि बेदकोटका वासिन्दाले आफ्नै पालिकामा विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएका छन् । अहिले स्थानीयले महाकाली प्रादेशिक अस्पताल वा जिल्ला बाहिर गएर विशेषज्ञ स्वास्थ्य सेवा लिँदै आएका छन् ।

मेयर बोहराले धर्मपुरमा पनि बर्थिङ्ग सेन्टर सञ्चालनका लागि सबै तयारी गरिएको बताए । ‘अहिले त्यहाँ बर्थिङ्ग सेन्टरका लागि उपकरण सहितका सबै तयारी गरिएको छ, छिटो नै सञ्चालन गर्छौ’ उनले भने ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले १३ करोड ४५ लाखमा ठेक्का आव्हान गरिएकोमा घटाघटीमा ९ करोड ७४ लाखमा सम्झौता भएको बताए । नगरपालिकाले २०७७ माघमा ठेक्का आव्हान गरेको थियो । २०७८ बैशाखमा दुई वर्षमा निर्माण कार्य सक्ने गरी निर्माण कम्पनीसित ठेक्का सम्झौता गरिएको थियो ।

निर्माण कम्पनीका साइड इन्चार्ज राम बहादुर बुढाले साइड क्लियर नभएका कारण निर्माण कार्य ढिलो सुरु हुन पुगेको बताए । ‘ठेक्का सम्झौतापछि काम सुरु गर्न खोजेका थियौ, जमिनको समस्या थियो, त्यसपछि रुखको पनि समस्या देखियो,’ उनले भने,‘साइड नै क्लियर नभएपछि काम सुरु हुन सकेन, अरु कारणले होइन ।’

अस्पताल निर्माण कार्य सुरु नभएपछि स्थानीय खगेन्द्र नाथको नेतृत्वमा संघर्ष समिति गठन गरी दबाव दिइएको थियो । समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी नगरपालिकामा धर्ना दिएको थियो ।

संघर्ष समितिका संयोजक नाथले ठेक्का सम्झौता अनुसार अस्पताल निर्माण कार्य हुनु पर्ने माग समितिले राख्दै आएको बताए ।

‘सम्झौता भएपछि निर्माण कार्य सुरु हुन सकेको थिएन, त्यसका लागि दबाव दिन समिति बनाएर आन्दोलन पनि ग¥यौ’ उनले भने,‘अहिले निर्माण सुरु भएको छ, यसका लागि मेयर साप लगायतलाई धन्यवाद दिन चाहन्छौ, र यो अस्पताल सम्झौता अनुसार निर्माण कार्य भएर सञ्चालनमा आओस भन्ने चाहन्छौ ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व