बुवालाई बेलाबेला यो कुराको भय लाग्छ
मेरो हजार किन छोरालई सय लाग्छ ?
बाबु ! मेरो कमाइ दुखै दु:खको बचत हो
तिमीलाई यो बुझ्न अझै कति समय लाग्छ ?
मेरो गोजी देखेर कुन्नि के के सोच्छौ तिमी ?
तिम्लाई देखेर साँच्ची मलाई आश्चर्य लाग्छ
पछिपछी लागेर यसरी भार थप्यौ ममा
जसरी कुनै शब्दको पछाडि प्रत्यय लाग्छ
बाबु तिमी यो देशको सरकार जस्तो नबन्नू
गरिबलाई अलिकति ऋण पनि अक्षय लाग्छ









Discussion about this post