गन्तव्य सुदुर क्षितिजमा छ यात्री थाकेर बसेको छ।
अगाडि बढाउन होइन खुट्टा तान्न लागेर बसेको छ।
न अनुहार हेर्न रुचाउँछ साथीले न भेटन रुचाउँछ,
सत्यानासको भाकल गरेर बोका भाकेर बसेको छ।
जिन्दगी खाएर नअघाएको हन्तकाली जस्तै भएछ,
के चाहिन्छ?कति चाहिन्छ?केवल मागेर बसेको छ।
मैले संसार थामेको छु भन्नेहरू एकएक गरि हराए
सोध्न पनि नमिल्ने गरी खै कहाँ?भागेर बसेको छ।
खान रहर गर्नेहरू उतै जानू सल्लाघारी छोड अब,
सुन्तला सुन्तलाघारी तिर मजाले पाकेर बसेको छ।









Discussion about this post