सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीः भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा स्वास्थ्य परीक्षण जारी

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा नागरिकको स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । अहिले पनि भारतबाट स्वदेश फर्कनेको नाकामा परीक्षण भइरहेको हो ।

अहिले सीमा नाकाबाट दैनिक ५० देखि ६० जना सम्म नागरिक स्वदेश फर्किरहेका र उनिहरुको स्वास्थ्य परीक्षण गरेर घर पठाइरहेका झुलाघाट हेल्थडेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सुरज धामीले बताए । कोरोनाका साथै अन्य रोगहरुको समेत परीक्षण गर्ने गरिएको उनले बताए ।

Sana Kishan

पिथौरागढ सम्म काम गर्नेहरुको कोरोना मात्रै परीक्षण गर्ने गरिएको र त्यो भन्दा बाहिर काम गरेर फर्किनेको एचआइभी र मलेरियाको समेत परीक्षण भइरहेको उनको भनाई छ । दुई महिनामा तिन जनामा कोरोना पुष्टि भएको उनले बताए । एक जना बैतडीका र दुई जना जिल्ला बाहिरका गरेर ३ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । कोरोना परीक्षण भइरहे पनि आवश्यक स्वास्थ्य किड अभाव रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

अहिले नयाँ भेरियन्ट होकि होइन भन्नका लागि यकिन गर्ने भिटिएम ट्युब नभएको हेल्थ असिसटेन्ट धामीले बताए । अभाव भएको कुरा स्वास्थ्यलाई पनि जानकारी गराइसकेको बताइएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.