Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा चौधर पुल मुनि राखिएका सात सय बढी चौपाया सारिए बैतडा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ९, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । वेदकोट नगरपालिका कार्यालयमा हुलिएपछि चौधर नदी पुलमा राखिएका छाडा पशु चौपाया बैतोडा सारिएका छन् । बैतडास्थित बालज्योति माध्यमिक विद्यालयका ५ बिगाहा जग्गामा बनाएको छाडा पशु चौपाया व्यवस्थापन स्थलमा बिहीबार सबै गाई गोरु सारिएका छन् । बिहीबार विहानदेखि मध्यान्हसम्म सात सय बढी गाई गोरु बैतडा लगिएका छन् । ती गाई गोरुलाई झण्डै तीन महिना अघि कार्यालय नजिक चौधर पुलको खाली स्थानमा अस्थायी रुपमा राखिएका छन् । नगरपालिकाले त्यस अघि नै बैतडामा विद्यालयसित सम्झौता गरी चौपाया व्यवस्थापनको कार्य अघि बढाएको थियो ।

बैतडामा छाडा पशु चौपायाका लागि पाँच बिगाहा जग्गामा तारबार गरिएको छ । तारबारभित्र चौपायका लागि टहरा बनाउने कार्य थालिएको छ । टहराका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर संकलन गरी राखिएको छ । वेदकोट नगरकापालिकाका मेयर भोजराज बोहराले छाडा पशु चौपायको दिर्घकालिन व्यवस्थापनको लक्ष्य राखेर बैतडामा राखिएको बताए । ‘छाडा पशु चौपायाको समस्या दैनिक रुपमा बढ्दो छ, त्यस कारण दिर्घकालिन व्यवस्थापन हुने गरी बैतोडामा व्यवस्थापन अघि बढाएका छौ ।’ स्थानीय तह निर्वाचनपछि मेयर बोहराले उप मेयर तुलसी जोशीको नेतृत्वमा कार्यदल गठन गरी चौपाया व्यवस्थापन अघि बढाएका हुन् । उप मेयर नेतृत्वको कार्यदलले बैतडामा व्यवस्थापन कार्य अघि बढाएपछि स्थानीयले चौपायालाई कार्यालयभित्र हुलि दिएका थिए । बैतडामा चौपाया व्यवस्थापनको सबै जिम्मेवारी वडा नं. ४ लाई दिइएको छ । बिहीबार मेयर बोहरा, उप मेयर जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी सबै चौपायालाई बैतोडा लैजाने कार्यमा सहभागी भएका छन् ।

वेदकोटका प्रमुख प्रशासकीय अधिकृत भट्टले बैतोडामा व्यवस्थित रुपमा चौपाया व्यवस्थापन गर्ने योजना अनुसार चौपाया लगिएको बताए । ‘यो पुलमुनि तत्काल अस्थायी रुपमा राखिएको थियो, नगरपालिकाले बैतडामा व्यवस्थित व्यवस्थापनका लागि कार्य अघि बढाएको थियो,’ उनले भने,‘अहिले त्यसमा नै सबै गाई गोरु लगेर राखिएको छ ।’ बैतडामा मुसेपानीको चुनेपानीमा राखिएका गाई गोरु ल्याएर व्यवस्थापन गरिने भएको छ । चुनेपानीस्थित धार्मिक वनसित सहकार्य गरी चार वर्ष अघि चौपाया व्यवस्थापन गरिएको थियो । अहिले चुननेपानीमा १ सय ५० भन्दा बढी चौपाया व्यवस्थापन गरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत भट्टले धार्मिक वनले व्यवस्थापन गर्न असमर्थता देखाएकाले केही दिनभित्र ती सबै गाई गोरुलाई पनि बैतडामा ल्याइने बताए । ‘नगरपालिकाले धार्मिक वनसित सहकार्य गरी चुनेपानीमा गाई गोरु व्यवस्थापन गरिएको थियो, अहिले समूहले पाल्न नसकिने भन्दै आएको छ, त्यस कारण त्यहाँका गाई गोरुलाई पनि बैतोडामा ल्याउँछौ’ उनले भने,‘केही दिनभित्र यो काम हुन्छ ।’

बिहीबार बैतडा लगिएका चौपायालाई पाँच महिना अघि चुनेपानी लैजाने क्रममा स्थानीयले अवरोध गरी नगरपालिका कार्यालय ल्याएर छाडेका थिए । त्यसपछि नगरपालिकाले राजनीतिक दल सहित सर्वपक्षीय छलफल गरी तत्काल सबै वडामा अस्थायी व्यवस्थापन गरिएको थियो । वेदकोटमा अहिले सबै वडामा पशु चौपायाको लगत संकलन कार्य अघि बढेको छ । केही वडाले पशु चौपायाको खरिद, बिक्री र मृत्युबारे वडा कार्यालयमा जानकारी गराउनु पर्ने नियम लागू गरेका छन् । बेदकोट नगरपालिका ५ र वडा नं. ४ मा यो नियम लागू गरिएको छ । वेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्रदेब भट्टले चौपाया व्यवस्थापनको दिर्घकालिन समस्यलालाई मध्यनजर गरी सबै वडामा लगत संकलन कार्य पनि सुरु गरिएको बताए । ‘दुध दिन छाडेपछि सडकमा लिएर फालि दिन्छन, यो नै ठूलो समस्या हो’ उनले भने,‘ त्यसका लागि अहिले सबै वडामा लगत संकलन कार्य भई रहेको छ, त्यसका आधारमा चौपाया व्यवस्थापन कार्य अघि बढ्न, यो दिर्घकालिन हुन्छ, अब यो समस्यालाई पनि व्यवसायिक रुपमा पशु पालनका रुपमा परिणत गर्ने हाम्रो प्रयास रहन्छ ।’

वेदकोट नगरपालिकाले चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग पाएको छ । नगरपालिकाले प्रदेश सरकारबाट चौपायाका लागि चोकर र ब्रान सहयोग पाएको छ । बैतोडामा ५० क्विन्टल चोकर र ब्रान राखिएको छ । चौपायाका लागि नगरपालिकाले ३ सय ट्राली पराल किनेर राखेको छ । नगर प्रवक्ता भट्टले चौपाया व्यवस्थापनको दिर्घकालिन सोच अनुसार प्राङगारिक मल उत्पादन कारखना सञ्चालनका लागि छलफल अघि बढेको बताए । ‘यसमा छलफल भएको छ, सम्झौता हुन बाँकी छ’ उनले भने,‘यस बाहेक चौपायाबाट स्थानीयलाई आर्थिक लाभ हुने अन्य कार्य पनि गर्छौ ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व