सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बर्डफ्लु नियन्त्रणका लागि भारतसंग सीमा जोडिएका दार्चुलाका नाकामा निगरानी

दार्चुला –बर्डफ्लु नियन्त्रणका लागि भारतसित सीमा जोडिएका दार्चुलाका नाकामा निगरानी बढाइने भएको छ । भारतसित जिल्लाका दर्जन नाकाबाट बर्डफ्लु भित्रिने सम्भावना रहेकाले निगरानी बढाउन लागिएको हो ।

जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि खुला सीमानाकामा निगरानी बढाउने निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामबहादुर खड्काले बताए । दार्चुलामा भारतसंग जोडिएका १० ओटा नाका सञ्चालनमा रहेका छन् । केही नाकामा तुइन र ट्युबबाट आवतजावत हुने भएकाले सीमामा निगरानी बढाउने तयारी भएको खड्काले बताए । लुकीछिपी नाकाबाट कुखुरा तथा अण्डा भित्रिन सक्ने भएकाले सीमामा निगरानी बढाइएको हो ।

Sana Kishan

सरकारले भारतीय सेतो अन्डा, मासुजन्य पदार्थ आयातमा पूर्ण रोक लगाएको भए पनि लुकिछिपी व्यापार हुने गरेको छ । अन्य रोगभन्दा बर्डफ्लुले मानवीय क्षति बढी गर्ने हुँदा यसको संक्रमण हुन नदिनका लागि सबैले सचेत हुनुपर्ने खड्काको भनाइ छ । बर्डफ्लुको जोखिम भएकाले पन्छी तथा पन्छीजन्य पदार्थ ओसारप्रसार गर्ने सरोकारवाला निकायले उच्च सतर्कता अपनाउनुपर्ने प्राविधिक समितिको जोड छ ।

World Link Ads
Mahakali Polytechnic

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र सम्बद्ध निकायले नाकामा निगरानी बढाउनुपर्ने बर्डफ्लु नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.