
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा एभियसन म्युजियम संचालनमा आएको छ । २०७० सालमा कस्मिक एयरको ग्राउण्डेड फोकर–१०० जहाजलाई क्याप्टेन वेद उप्रेतीले पर्यटन प्रवद्धन गर्ने उदेश्यले एभियसन म्युजियम संचालनमा ल्याएका हुन् । शनिवार पत्रकार सम्मेलन गर्दै क्याप्टेन उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र विन्दु बनाउन र विशेष गरेर बिधार्थी भाईबहिनीहरुलाई शिक्षा ज्ञान आर्जन गर्नको लागि यो म्युजियम संचालनमा आएको बताए । यो प्लेनमा अहिले सम्म २ देखी ३ करोड खर्च लोको उनले बताए । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले यो म्युजियमले पर्यटन क्षेत्रमा ठुलो टेवा पुय्राउने र भारतबाट पनि हेर्नको लागि पर्यटकहरुको आवागमनमा वृद्धि हुने बिस्वास लिएको बताए । अहीले आम जनताले आकाशमा मात्रै प्लेन उडेको देखेको भएपनि अब प्लेनमा चढेर आफनो ईच्छा पुरा गर्न सकिने उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आर्कषणको केन्द्र विन्दु बनाउने उदेश्यले २०७० सालमा ग्राउण्डेड फोकर–१०० जहाजलाई पहिला धनगढी उपमहानगरपालिकाको कबर्ड हल नजिकै ९ वर्ष जती संचालनमा रहेको थियो । ६ वर्षका लागि जग्गा लिजमा लिएर संचालमा आएको एयरक्राफ्टको जग्गाको सम्झौता अवधी सकिएपछि गत वर्षको पौषमा नेपालगञ्ज सारिएको थियो । क्याप्टेन उप्रेतीले धनगढी ल्याएर डेढ करोडको लगानीमा म्युजियम स्थापना गरेका थिए । तत्कालिन समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले संग्रालयका लागि करीब ७० लाख रुपैयाँमा फोकर जहाज खरीद गरेका थिए । संग्रहालयमा राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सयवटा मिनियचर एयरक्राफ्टस राखिएका छन् । संग्रहालयमा विश्वका ३० चर्चित पर्यटकीय गन्तव्य र सुदूरपश्चिमका २४ ठाउँको तस्बिरसमेत राखिएको छ । संग्रहालयभित्र घुम्नेले जेट ककपिट अवलोकन गर्न पाउँछन् । पाइलट र टावरको रेकर्डेड संवाद सुन्न सक्छन् । जहाजभित्रै ६० इन्चको टिभीमा एयरक्राफट म्युजियमसम्बन्धी बृतचित्र समेत देखाइने गरिएको छ । म्युजियम एजुकेशनल सेन्टर बनेको छ । विद्यार्थीले जहाजको विषयमा हरेक जानकारी लिन पाएका छन् । पाइलटको पोशाक लगाएर ककपिटमा र एयर होस्टेजको पोशाक लगाएर फोटो पनि खिच्न सक्छन् । उक्त म्युजियममा प्रवेश शुल्क १ शय रहेको छ भने बिधार्थीहरुलाई ५० रुपैँया तोकिएको छ । जनसरोकार पोस्ट बाट सभार
