सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा नगरपालिकाद्धारा भलिबल खेलाडीलाई सम्मान

20
Sana Kishan

झलारी। शुक्लाफाँटा नगरपालिकाले भलिबलका महिला खेलाडीलाई सम्मान गरेको छ। शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि परशुराम नगरपालिका–४ स्थित भागेश्वर माध्यमिक विद्यालयमा आयोजित भलिबल प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान गरेको हो। भागेश्वर माध्यमिक विद्यालयमा आयोजित अध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको टीम प्रथम भएको थियो। नगरपालिकाले खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गरेको हो।

Arus

खेलाडीलाई सम्मान गर्दै नगर प्रमुख रणबहादुर महराले खेलाडी र खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक काम गर्ने बताए। ‘खेल क्षेत्रको विकासका लागि नगरपालिकाको एकजुट भएर लाग्नेछ,’ उनले भने, ‘खेलकुद क्षेत्रमा देखिएका समस्याहरुको सामाधान गरिनेछ, खेलाडीको उज्वल भविष्य बनाउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।’ खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। उनका अनुसार शुक्लाफाँटा वडा नं. १ मा कबर्ड हल निर्माण अन्तिम चरणमा छ। त्यस्तै नगरपालिकाले नगर स्तरीय कबर्ड हल निर्माणको प्रक्रिया अगाडि बढाएको छ।

Karnali Traders

‘वडा नं. १० मा ३ करोड बराबरको कबर्ड हल निर्माणका लागि टेण्डर आव्हान गरिएको छ,’ उनले भने, ‘अन्य वडाहरुमा पनि कबर्ड हल निर्माण गरिनेछन्।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन लागि नगरपालिकाले निरन्तर खेलाडी र खेलकुदका क्षेत्रमा काम गर्ने नगर प्रमुख महराको भनाई छ। ‘खेलाडीहरुले शुक्लाफाँटाको इज्जत बढाएको छ, खेलकुदबाटै शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन चाहन्छौं,’ उनले भने, ‘खेलसँगै पढाईमा पनि ध्यान दिनुहोस्, सबै क्षेत्रमा प्रथम हुने गरि नतिजा ल्याउनुहोला।’ खेलाडीलाई नगरपालिकाबाट आवश्यक सहयोग गरिने नगर उपप्रमुख कल्पना जोशी पन्तले बताइन्। ‘खेलकुदसँगै हरेक क्षेत्रमा सफल हुनुहोला,’ उनले भनिन्, ‘नगरपालिकाले खेलाडीलाई आवश्यक सहयोग गर्नेछ।’ नगर प्रमुख महराको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रमा वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरी, वडा नं. ८ का अध्यक्ष बहादुरसिंह महरा, वडा नं. १० का अध्यक्ष लालबहादुर ऐरलगायतको सहभागीता थियो।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.