सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन्दरपुरमा दुइवटा छोटो अवधिका तालिम उद्घाटन

कञ्चनपुर : जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुर मा आइतवार दुई वटा सिपमुलक तालिम उद्घाटन भएका छन ।
सुन्दरपुर आधारभुत स्वस्थ्य सेवाकेन्द्र को सभाकक्षमा १ महिने आधारभुत पल्मवीङ उद्घाटन भएको हो । पल्मवीङ तालिम शुक्लाफाँटा वहु प्राबिधिक शिक्षालय झलारीको सहयोगमा सञ्चालन हुने भएको छ ।


२० जना प्रशिक्षार्थीहरु समावेश हुने तालिमका प्रशिक्षक महेश कुमार भाटले वताउनु भयो । तालिममा प्रमुख अतिथि वेदकोट नगरपालिकाका वडा अध्यक्ष जनक सिंह विष्ट रहनु भएको थियो ।
त्यसै गरी उदयदेव माध्यमिक विद्यालय सुन्दरपुरको सभा कक्षमा तिन महिने कृषि प्राविधिक च्याँउ खेती उद्घाटन भएको छ । तालिम मा २० जना प्रशिक्षार्थीहरु समावेश हुने तालिका संयोजक जिवनराज अवस्थीले वताउनु भयो ।

Sana Kishan


च्याँउ खेती तालिमकालागी प्राविधिक शिक्षा तथा व्यवसायक तालिम परिसद् धनगढि कैलालीको सहकार्यमा सञ्चालन भइरहेको संयोजक अवस्थीले वताए ।
उदयदेव माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत रोकायाको सभापती रहनु भएको कार्यक्रममा प्रमुख अतिथि वेदकोट ९ का अध्यक्ष जनक सिंह विष्ट रहनु भएको थियो । उदयदेव माध्यमिक विद्यालयमा नियमित १८ महिने कृषि वालिविज्ञान पठनपाठन भइरहेको छ । त्यसै गरि पटक पटक छोटो अवधिका कृषि सम्वन्धि तालिमहरु सञ्चालन हुदै आइरहेका छन ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.