
“देशका योद्धाहरू”
देशमा युद्ध चलिरहेछ लड्दैछन् देशका योद्धाहरू

न्यायका लागि कम्मर कस्दै अगाडि बढ्दैछन् देशका योद्धाहरू।
कालो कोटका सेनाले मोर्चा बढाए पछि
१७ हजारलाई न्याय दिलाउन मुठ्ठी कस्दैछन् देशका योद्धाहरू।
नयाँ हतियार त खासै देखिदैन पुरानैको बलमा
सिफारिस

देशमा देखापरेका बेथितिका विरुद्ध जाग्दैछन् देशका योद्धाहरू।
जनताको न्यायको दियो जगाउँदैछन् देशका योद्धाहरू
स्वयं बलिवेदीमा चढ्न तयार छन देशका योद्धाहरू।
– बीरेन्द्र सिहं साउद
पूर्व क्याम्पस सहायक चिफ तथा प्राध्यापक
जनज्योति क्याम्पस कञ्चनपुर
