
कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा से.६ प २६६४ नम्बरको स्कुटर दुर्घटना हुँदा वडा नम्बर ४ भगतपुरका आयुष केशीको मृत्यु भएको हो।

स्कुटर अनियन्त्रित भइ शनिबार राति दुर्घटना भएको प्रहरीले बताएको छ। स्कुटरमा सवार पदम केसीका १४ वर्षीय छोरा आयुषको मृत्यु भएको छ।

दुर्घटनमा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। गोदावरी न्युज बाट सभार
