हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले यतिवेला देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन देशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । मकालु खबर बाट सभार