जिन्दगी दिक्क लाग्छ मनमा उल्झन भएपछि।
कस्को के लाग्यो र जिन्दगी नै दुस्मन भएपछि।
विश्वासको कडीले हो सम्बन्ध कसिलो बनाउने,
सम्बन्ध नि वाक्क लाग्छ सधैं गनगन भएपछि।
निभाउनु नै उपयुुक्त हुन्छ झोस्नु भन्दा सम्झिनु,
हेर्नुस खेल्नु हुँदैन बलेर आगो दनदन भएपछि।
दृष्टिकोण फरक भएर होइन परिस्थितिले हुन्छ,
भीडमा पनि डराउछ मान्छे एक्लोपन भएपछि।
आदर्शले कोहि चिन्दैन रहेछ स्वार्थी यो दुनियाँ,
बिचारले शत्रुसंग नि मित्रता हुन्छ धन भएपछि।









Discussion about this post