सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरमा यस्ता लक्षण देखियो भने प्रोटिनको कमि पनि भएको हुनसक्छ

78
Sana Kishan

प्रोटिन हाम्रो शरीर सन्चालनको लागि आवश्यक पर्ने एक महत्वपूर्ण तत्व हो। प्रोटिनले हाम्रो मांसपेशीलाई मात्र बलियो बनाउँदैन, शरीरलाई ऊर्जा दिने काम पनि गर्छ। यसले शरीरमा एन्टिबडी बनाउनमा पनि संक्रमण र रोगहरुसँग लड्न मद्दत गर्छ।

एक वयस्क व्यक्तिको लागि आफ्नो शरीरको तौल प्रति किलोग्राम ड ग्राम प्रोटिन दैनिक आवश्यक पर्छ। शरीरमा प्रोटिनको कमिले धेरै समस्या निम्त्याउन सक्छ।अनेक किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ। हाम्रो शरिरले देखाउने केही लक्षणले शरिरमा प्रोटिनको कमि भइरहेको जनाउ दिन्छ। यस्ता लक्षणहरुलाई वेवास्ता गरियो भने विस्तारै स्वास्थ्यमा जटिल समस्या देखा पर्छ। त्यसैले यस्ता लक्षण देखिए तपाइको शरिरमा प्रोटिनको कमि भएको संकेत गर्छ।

Arus

कमजोरी, मांसपेशी हानि र थकान– यदि मानिसको दैनिक क्रियाकलापमा असर गर्ने गर्छ, थकान महसुस हुने, मांशापेशीमा दुखाइ हुने गर्यो भने शरिरमा प्रोटिनको कमि भइरहेको छ भनेर बुझ्न सकिन्छ।

चोट निको हुनको लागि लाग्ने समय – शरिरमा लागेको घाउ चोटपक सन्चो हुन लामो समय लाग्छ भने पनि शरिरमा प्रोटिनको कमि भइरहेको छ भनेर बुझ्नु पर्छ। प्रोटिनको कमिले गर्दा चोटपटक लागेको ठाँउमा नयाँ कोशिकाहरु बन्नको लागि लामो समय लाग्छ र उक्त चोटपटक भएको घाउ सन्चो हुन लामो समय लाग्ने गर्छ।

Karnali Traders

अत्याधिक भोक – खाना खाएपछि पनि भोक लाग्ने वा सधैं केही न केही खाने मन लागि रहेको हुन्छ भने पनि शरिरमा प्रोटिनको कमि भयो कि भनेर बुझ्नु पर्छ। प्रोटिन एउटा यस्तो सूक्ष्म पोषक तत्व हो जसले तपाईंलाई लामो समयसम्म भरिपूर्ण राख्न मद्दत गर्छ।तर जब खानामा प्रोटिनको मात्रा कम हुन्छ त्यसपछि मानिसलाइ धेरै भोक लाग्ने गर्छ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु– मानिस छोटो छोटो समयमा बिरामी भइरहन्छ भने पनि प्रोटिनको कमिको संकेत हो।

प्रतिरक्षा प्रणाली को लागी प्रोटीन धेरै महत्त्वपूर्ण मानिन्छ। यसले तपाईंलाई भाइरस र ब्याक्टेरियाबाट टाढा राख्न मद्दत गर्छ। प्रोटिनले हामरो शरिरलाइ रोगसंग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। सही मात्रामा प्रोटिनको सेवनले तपाईको शरीरलाई भाइरल र ब्याक्टेरियाको संक्रमणबाट बच्न सकिन्छ।

कपाल, छाला र नङमा समस्या– शरीरमा प्रोटिनको कमीका कारण यसको प्रभाव नङ, छाला र कपालमा देखिन्छ। प्रोटिनको कमीका कारण नङ कमजोर हुने, छाला सुख्खा हुने र कपाल पातलो हुने समस्या देखा पर्छ। कपाल, नङ र छाला निश्चित प्रकारका प्रोटिनहरू जस्तै इलास्टिन, कोलाजेन र केराटिनले बनेको हुन्छ। त्यसैले शरीरमा प्रोटिनको कमी भएमा यसको असर‘ सबै भागमा पनि देखिन्छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.