Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पायल्स निको बनाउन गरिने क्षारसूत्र के हो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् ।

आयुर्वेदिक उपचार विधिमा पनि क्षारसूत्र विधि प्रभावकारी भनेको हामीले सुनिरहेका हुन्छौं । क्षारसूत्र भनेको के हो ? यो विधि कति प्रभावकारी छ ? लगायत विषयमा आयुर्वेदिक चिकित्सक डा. सुवर्ण पौडेलसँग गरिएको कुराकानी ः

क्षारसूत्र के हो ?

क्षारसूत्र ‘क्षार’ र ‘सूत्र’ शब्द मिलेर बनेको छ, जसमा क्षार भनेको विशेष प्रकारको खरानी हो भने सूत्र भनेको धागो हो । यही क्षार र धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ ।

यसले पायल्सको उपचार कसरी गरिन्छ ?

अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गरिन्छ । मलद्वारबाट बाहिर निस्किएको मासुलाई काटेर सफा गर्ने र घाउ भर्न वा निको हुन मद्दत गर्छ । पायल्सका साथै फिस्टुलाको पनि क्षारसूत्र विधिबाट प्रभावकारी उपचार हुन्छ ।

कस्तो अवस्थामा क्षारसूत्रले काम गर्छ ?

पायल्सको पहिलो र दोस्रो चरण हो भने आयुर्वेदिक औषधिबाट पनि पायल्स निको हुन्छ । तर लामो समयदेखि पायल्सको समस्या भएका र तेस्रो, चौथो चरणमा भने क्षारसूत्र विधिबाट उपचार गरिन्छ ।

यो सबै किसिमको पायल्स निको हुन्छ ?

पहिलो, दोस्रो चरणको पायल्सको लागि त क्षारसूत्र गर्नै पर्दैन औषधिबाट नै निको हुन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसूत्रले पायल्स निको हुन्छ ।

क्षारसूत्रको साइड इफेक्ट के हुन्छ ?

क्षारसूत्रको साइड इफेक्ट त खासै हुँदैन । केही बिरामीले भने दुख्ने र पोल्ने समस्या हुन्छ भन्नुहुन्छ । तर केही दिनपछि त्यो समस्या आफैं समाधान हुन्छ । कालान्तरमा पनि यसको खासै साइड इफेक्ट हुँदैन ।

यसले शतप्रतिशत निको हुन्छ त ?

बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिन सके यो समस्या दोहोरिने सम्भावना हुँदैन । लगभग ९९ प्रतिशत पायल्सको समस्या यो विधिबाट निको पार्न सकिन्छ ।

क्षारसूत्र गरेपछि के कुरामा सावधानी अपनाउनुपर्छ ?

क्षारसूत्र गरेपछि सरसफाइमा ध्यान दिनुपर्छ । बिरामीहरूले सरसफाइमा ध्यान नदिंदा घाउ पाक्ने समस्या हुनसक्छ । बढी मासुजन्य खानेकुरा र मैदाजन्य खानेकुरा नखानु उचित हुन्छ । दिसा साह्रो हुने र कब्जियत हुने खानेकुरा खानु हुँदैन ।

पायल्सका रोगीले के खानुहुन्छ के हुँदैन ?

पायल्स, फिसर र फिस्टुला हुँदा माछा, मासु, अण्डा, तारेको, भुटेको खाना, मैदाको परिकार, अदुवा, मरिच, खुर्सानी, मसालेदार भोजन, रक्सी, चुरोट, अम्बा, अनार, आँप, काँचो केरा, कालो दाल, कोदो, फापरको परिकार, चिउरा, कफी, कोल्ड ड्रिङ्क, मह, पिंडालु र भ्यान्टालगायत कब्जियत गराउने खानेकुरा खानु हुँदैन ।

पायल्सको समस्या भएकाले हरियो सागपात, फलफूल, सलाद, दूध, मही, झोलिलो खानेकुरा, रेसादार खानेकुरा, काँक्रो, मूला र गाँजर खान हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व