सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढे

मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो ।

मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सामान्य मानिने रुघाखोकीको समयमै उपचार नगरे यसले जटिल रुप लिने डाक्टर बताउँछन् । सामान्य खालको रुघाखोकीलाई घरमै आराम गरेर र तातो झोलिलो खानेकुरा खाएर निको पार्न सकिन्छ ।

तर, एक हप्तासम्म पनि रुघाखोकी निको नभए परीक्षणका लागि अस्पताल जान डाक्टर पुनको सुझाव छ ।

प्रशस्त मात्रामा शुद्ध पानी पिउने, हरियो सागसब्जी, फलफूल र घरकै ताजा स्वस्थकर खाना खाने गरे रोग लाग्नबाट बच्न सकिने डाक्टरको भनाइ छ ।

डाक्टरहरुकाअनुसार घरबाट बाहिर निस्कँदा मास्क लगाउने, सकेसम्म भिडभाडमा नजाने, जानै परे भौतिक दूरी कायम गर्ने गरे प्रदुषणका कारण पर्ने असरसँगै संक्रामक रोग लाग्नबाट बच्न सकिन्छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.