
काम गर्न सक्दैन किन यो विवेक लाग्छ
त्यो विवेक देखेर पो कहाँ बिसेक लाग्छ
कुनै दिन आस्था विश्वास बोकेर हिड्थे
अचेल तिमीलाई देखे पनि उदेक लाग्छ
सिफारिस


व्यस्त छ दुनियाँ भागदौडमा भ्रम बोकेर
सपनामै बाँचेको छ मान्छे प्रत्येक लाग्छ
सम्पत्ति सबथोक ठानेपछि सम्बन्धहरू
यसरी बिर्सिन्छ मान्छे घर छिमेक लाग्छ
जहाँ हेर्छौ उस्तै उस्तै देखिन्छन् चारैतिर
एकै मान्छे पनि नसामा झै अनेक लाग्छ
