सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा असिनापानीले हिउँदे बालीमा क्षति

डोटीमा परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पु¥याएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा परेको असिनापानीले बालीनालीमा क्षति पु¥याएपछि किसानहरू चिन्तामा परेका छन् ।

लामो समयदेखि खडेरी परेको र एकाएक परेको असिनाले गहुँबाली, तरकारीखेती र फलफूलखेतीमा क्षति पु¥याएकाले किसानहरू चिन्तित बनेका स्थानीयवासी वीरेन्द्र उपाध्यायले बताउनुभयो ।

Sana Kishan

हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेपछि त्यहाँका किसानलाई भोकमरी हुने चिन्ता छाएको अर्का स्थानीय लोकेन्द्र कठायतले बताउनुभयो । उहाँका अनुसार कात्तिक २२ गतेको भूकम्पले थलिएको यो क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको छ ।

World Link Ads
Mahakali Polytechnic

यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासी बताउँछन् । यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.