Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तीतो खानेकुराले उच्च रक्तचाप निको हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १२, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उच्च रक्तचापलाई चिकित्सकीय भाषामा ‘हाइपरटेन्सन’ भनिन्छ । यसको अर्थ हुन्छ, मुटु र रक्तनलीहरुमा दबाब बढ्नु । विना लक्षण पनि सुस्त गतिमा यसले शरीरलाई गलाउँदै लैजान सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’को समेत संज्ञा दिएको छ ।

उच्च रक्तचापलाई गम्भीरतापूर्वक नलिंदा शरीरलाई धेरै किसिमले हानि पु¥याउन सक्छ । खराब जीवनशैली, तनाव, गलत खानपान, आनुवंशिक कारण, कम पानी पिउनु, कोलेस्टेरोल, तनाव, मिर्गौला र कलेजोको काम सामान्य नहुनु, कम निद्रा उच्च रक्तचापका कारक हुन् । अहिले अधिकांश व्यक्ति उच्च रक्तचापबाट पीडित छन् ।

धेरैले तीतो भएको खानेकुरा खाँदा उच्च रक्तचाप नियन्त्रणका लागि मद्दत पुग्छ भनेर तीतेकरेला, घिउकुमारी, चिराइतोलगायत खानेकुरा खाने गरेको पाइन्छ । यस्ता तीता खानेकुरा खाँदा वास्तवमै रक्तचाप नियन्त्रणमा सहयोग गर्छ त ? यसै विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव विष्टसँगको गरिएको कुराकानी ः

प्रायः गाउँघरतिर उच्च रक्तचाप बढ्यो भने तीतो खानेकुरा खानुपर्छ भनिन्छ । यसले रक्तचाप नियन्त्रण हुन्छ ?

तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्न केही मात्रामा सहयोग गर्छ । यद्यपि तीतो खानेकुराले केही क्षणको लागि मात्रै काम गर्छ । त्यसैले रक्तचापका बिरामीलाई औषधिले जस्तो २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।

तीतेपाती, चिराइतो, ग्रीन टी, करेला आदिमा अत्यधिक तीतोपन हुन्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयको लागि मात्र हुन्छ । त्यस्तै, म्याग्नेसियमले रगतको नसालाई लचिलो र फराकिलो बनाउँछ र चाप कम गराउँछ । तर खानुअघि चिकित्सकको सल्लाह भने लिनुपर्छ ।

न्यून रक्तचाप भएकाले तीतो खानेकुरा खाँदा रक्तचाप थप घट्छ भन्ने बुझाइ चाहिं कति सत्य हो ?

यसमा सत्यता छ । तीतो खानेकुरामा पाइने म्याग्नेसियमले रक्तचापलाई न्यून बनाउने गर्छ तर न्युन रक्तचाप भएकालाई खाँदै नखानु भनिएको छैन । जुनकुरा पनि अत्यधिक मात्रामा खान हुँदैन । त्यस्तै, तीतो खानेकुरा सीमित मात्रामा न्यून रक्तचाप भएकाले पनि खान सक्छन् ।

तीतो खानेकुराले फाइदा गर्छ भन्दै दैनिक अत्यधिक मात्रामा यस्ता कुरा मात्र खान थालियो भने त्यसमा हुने म्याग्नेसियम र पोटासियमको उच्च मात्राले रक्तचाप स्वाट्टै घटाएर स्वास्थ्यमा जटिलता ल्याउन सक्छ । यस्ता खानेकुरालाई दैनिकी बनाउनुअघि चिकित्सकको परामर्श लिनु पर्छ । धेरै त तीतेकरेला, घिउकुमारी खाएर नै रक्तचाप घटाउँछु भन्दै चिकित्सकले खानु भनेका औषधि पनि नखाएर झनै स्वास्थ्य बिग्रिएको केस पनि धेरै नै देख्न सकिन्छ । रक्तचाप नियन्त्रणका लागि औषधि नलिनेहरुमा हृदयघात, मिर्गौला फेल, टाउकोको नसा फुट्ने जोखिम अत्यधिक हुन्छ ।

रक्तचापको औषधि र तीतो खानेकुराबीच कुनै समानता हुन्छ ?

रक्तचापको औषधि र तीतो खानेकुराबीच केही मात्रामा समानता छ । दुवै रक्तचापलाई कम गर्न सहायक मानिन्छ । तर तीतो खानेकुराले नै स्वतः रक्तचाप सन्तुलन भने गर्न सक्दैन ।

उच्च रक्तचाप भएकाले कस्तो खानेकुरा खानु राम्रो हुन्छ ?

पोटासियमले सोडियमको प्रभावलाई कम गर्ने हुँदा पोटासियमयुक्त फलफूल, सागसब्जी बढी खानुपर्छ । दूध, दही र मोहीमा क्याल्सियम हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । नुनलाई चटक्कै छाड्न हुँदैन । धेरैले उच्च रक्तचाप भएपछि नुन नै नहाली सागसब्जी खाने गरेका हुन्छन्, जुन गलत हो । उच्च रक्तचाप भएकाहरुमा पनि नुन आवश्यक हुने भएकाले नुन खानुपर्छ तर यसको मात्रा घटाउनुपर्छ ।

उच्च रक्तचापका लक्षणहरु के के हुन् ?

उच्च रक्तचाप भएकामध्ये केहीमा कुनै पनि लक्षण नदेखिन सक्छ । टाउको दुख्ने, नाकबाट रगत बग्ने, छातीमा दबाब अनुभव हुने, मन बेचैन हुने, रिंगटा, वाकवाकी लाग्ने, अनिद्रा वा थकान हुने, श्वास फुल्ने, छाती भारी हुनेजस्ता लक्षण देखिन सक्छ । यीमध्ये कुनैपनि लक्षण परेमा प्रेसर जाँच गराउनुपर्छ । जाँचमा सिस्टोलिक १२० र डाइस्टोलिक ८० भन्दा बढी छ भने रक्तचाप बढेको मान्ने गरिन्छ ।

रक्तचापलाई सन्तुलनमा राख्ने उपाय छ ?

चिकित्सकले औषधि खान सुझाएका छन् भने त्यो नियमित रुपमा खानुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहने, कफीको सेवन कम गर्ने, रिस नियन्त्रण गर्ने, योग र ध्यानलाई दैनिकीमा समावेश गर्ने, व्यस्त रहने, हिंडडुल गर्ने, तनावलाई आफूमा हाबी हुन नदिने र खानेकुरा नियमित तालिका बनाएर ठिक्क मात्रामा खाने गर्दा रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ । मनिषा थापाले अनलाइनखबरमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व