सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कार्यसम्पादन सूचक मूल्यांकनमा दार्चुलाको महाकाली अग्रस्थानमा

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले तयार पारेको कार्यसम्पादन सूचक मूल्यांकनमा दार्चुलाका ९ ओटा स्थानीय तहमध्ये महाकाली नगरपालिका अग्रस्थानमा देखिएको छ ।

१७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा महाकाली नगरपालिका अग्रस्थानमा देखिएको हो । स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।

यस्तै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको संख्या, चार पटक गर्भजाँच गराएको महिलाको संख्या लगायतलाई पनि सूचकमा राखिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

कार्यसम्पादन सूचक मूल्यांकनमा महाकाली नगरपालिकाले ७२.८ अंक प्राप्त गरेको छ । पुछारमा रहेको शैल्यशिखर नगरपालिकाले ४६.८१ अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्यांकनमा नौगाड गाउँपालिका ६७.०७, मालिकार्जुन गाउँपालिकाले ६४.३९, दुहुँ गाउँपालिकाले ५९.८१ र लेकम गाउँपालिकाले ५६.९५ अंक प्राप्त गरेको छ ।

यस्तै अपिहिमालल गाउँपालिकाले ५३.२, मार्मा गाउँपालिकाले ४९.८१ र व्याँस गाउँपालिकाले ४६.८१ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले प्रकाशन गरेको कार्यसम्पादन मुल्याङ्कनमा उल्लेख गरिएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.