सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा करेन्ट लागेर एक जनाको ज्यान गयो

दार्चुलामा एक जना टिप्पर चालकको करेन्ट लागेर ज्यान गएको छ, भने सहचालक घाइते भएका छन् । जिल्लाको मार्मा गाउँपालिका–३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर टिप्पर चालकको मृत्यु भएको हो भने सहचालक घाइते भएका हुन् ।

Sana Kishan

कैलालीको लम्किचुहा घर भएका २३ वर्षीय टिप्पर चालक लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएका १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.